शुक्रबार, आश्विन २,२०८३ 05:20:07
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 05:20:07
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकको अगुवाईमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युतमा ७.५० अर्ब ऋण लगानी

सिटिजन्स बैंकको अगुवाईमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युतमा ७.५० अर्ब ऋण लगानी
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको अगुवाइमा ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाका लागि ७ अर्ब ५० करोड रुपैयाँ सहवित्तीयकरण ऋण लगानी हुने भएको छ।

आयोजनाको प्रवर्द्धक दिब्यज्योती हाइड्रोपावर लिमिटेड र सहवित्तीयकरणमा सहभागी बैंकहरूबीच बुधबार वित्तीय व्यवस्थापनसम्बन्धी कर्जा सम्झौतामा हस्ताक्षर भएको हो।

गण्डकी प्रदेशको लमजुङ जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिका क्षेत्रमा निर्माण हुने आयोजनाको अनुमानित लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ रहेको छ।

आयोजनामा ऋण र स्वपुँजीको अनुपात ६७ः३३ रहनेछ। कुल लागतअन्तर्गत सहवित्तीयकरण बैंकहरूले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् भने बाँकी ३३ प्रतिशत रकम प्रवर्द्धक समूहले स्वपुँजीका रूपमा जुटाउनेछ।

कम्पनीले आगामी चार वर्षभित्र आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ। आयोजनाबाट उत्पादन हुने विद्युत नेपाल विद्युत प्राधिकरणको उदीपुरस्थित सबस्टेशनमा जोडिनेछ।

कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ११२.०९९ गिगावाट घन्टा र वर्षायाममा २००.५०३ गिगावाट घन्टा गरी वार्षिक कुल ३१२.६०२ गिगावाट घन्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ।

सहवित्तीयकरण कर्जा सम्झौता कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले स्थापनाकालदेखि नै जलविद्युत तथा हरित ऊर्जाका क्षेत्रमा एकल तथा सहवित्तीयकरणमार्फत लगानी गर्दै आएको बताए।

Shivam Cement
Bizshala
CG Motors

उनका अनुसार हालसम्म बैंकको लगानी रहेका १६ वटा जलविद्युत आयोजना निर्माण सम्पन्न भइसकेका छन्। ती आयोजनाको कुल क्षमता २७४.४०१ मेगावाट रहेको छ।

त्यस्तै १ हजार ३३०.८२५ मेगावाट क्षमताका २६ आयोजना निर्माणाधीन छन्। यसअनुसार सिटिजन्स बैंकको लगानी ४२ वटा जलविद्युत आयोजनामा पुगेको छ, जसको संयुक्त क्षमता १ हजार ६०५.२२६ मेगावाट रहेको बैंकले जनाएको छ।

बैंकले हालसम्म १८ जलविद्युत आयोजनामा अगुवा बैंक, ३ आयोजनामा सहअगुवा बैंक र १७ आयोजनामा सहभागी बैंकका रूपमा लगानी गरेको छ। अन्य ४ वटा आयोजनामा बैंकको एकल लगानी रहेको छ।

बैंकको विवरणअनुसार कोशी प्रदेशमा ५२१.६६६ मेगावाट क्षमताका १४ आयोजनामा लगानी छ। त्यस्तै बागमती प्रदेशमा ३९३.८२५ मेगावाटका १४, गण्डकी प्रदेशमा ६१६.४६५ मेगावाटका ९, लुम्बिनी प्रदेशमा ५३.०२ मेगावाटका २ र कर्णाली प्रदेशमा २०.२५ मेगावाट क्षमताका ३ आयोजनामा बैंकको लगानी रहेको छ।

सीईओ पोखरेलले बैंकिङ क्षेत्र र स्वतन्त्र ऊर्जा उत्पादकबीचको संयुक्त लगानीबाट ठूलो संख्यामा जलविद्युत आयोजना निर्माण तथा सञ्चालनमा आएको उल्लेख गर्दै नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।

Muktinath Bikas Bank Limited

प्रवर्द्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेडका अध्यक्ष सतिस न्यौपानेले आयोजनाको निर्माण तत्काल सुरु गर्ने तयारी रहेको बताए।

उनका अनुसार नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग तथा वन तथा वातावरण मन्त्रालयलगायत सम्बन्धित निकायमा पूरा गर्नुपर्ने कानुनी प्रक्रिया सम्पन्न भइसकेका छन्। उनले आगामी चार वर्षभित्र आयोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे।

सिटिजन्स बैंकले हाल देशका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख २१ हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

बैंकले ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’, ‘फ्रिलान्सर सेविङ्ज अकाउन्ट’ लगायत विभिन्न डिजिटल तथा नवीन बैंकिङ सेवा सञ्चालन गर्दै आएको छ।

त्यस्तै मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने तथा अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा सञ्चालनमा रहेको बैंकले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.