शुक्रबार, श्रावण १५,२०८३ 03:12:02
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 03:12:02
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकले वार्षिकोत्सवको अवसरमा ल्यायो विभिन्न योजना,निःशुल्क इ–कम कार्ड प्रदान गरिने

सिटिजन्स बैंकले वार्षिकोत्सवको अवसरमा ल्यायो विभिन्न योजना,निःशुल्क इ–कम कार्ड प्रदान गरिने
New Office

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही वैशाख १ गतेदेखि वैशाख ३१ गतेसम्म १ महिनाको लागि लागू हुने गरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यास ब्याक लगायतका योजनाहरू सार्वजनिक गरेको हो ।

सो योजनाअन्तर्गत डेबिट÷क्रेडिट कार्ड प्रयोगकर्ताहरूले (पीओएस) मेशिन र अनलाइनमार्फत रु १ हजार वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा रु १७० क्यास ब्याक पाउने छन् । यसैगरी सिटिजन्स स्मार्ट मार्फत क्यु आर कोड स्क्यान गरि भुक्तानी गर्ने ग्राहकहरूको लागि पनि रु ५०० वा बढीको कारोबार गर्दा १७ प्रतिशत वा बढीमा रु १७० क्यास ब्याक प्रदान गरिने बैंकले जनाएको छ ।

डिजिटल भुक्तानीको अर्को माध्यम ई–कम कार्डको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले योजना अवधिभरमा इ(कम कार्ड लिन चाहने ग्राहकहरूलाई सो कार्ड निःशुल्क रुपमा उपलब्ध गराउने छ । 

त्यसैगरी बैंकले यस योजना अवधिभर ग्राहकहरूका लागि निःशुल्क डिम्याट खाता खोलिदिने व्यवस्था गरेको छ । साथै बैंकका निष्क्रिय मोबाइल बैंकिङ ग्राहकहरूलाई योजना अवधिभर सेवा सक्रिय गर्दा एकमुस्ट रु १५० छुट प्रदान गरिने समेत जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ ईकाईहरुबाट १७ लाख ४६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरू विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.