शुक्रबार, असार २६,२०८३ 10:11:32
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 10:11:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको बाल विकास माध्यमिक विद्यालयलाई सहयोग प्रदान

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त बझाङको बाल विकास माध्यमिक विद्यालयलाई सहयोग प्रदान

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले सुदूरपश्चिम प्रदेश,बझाङ गोलाईमा अवस्थित बालविकास माध्यमिक विद्यालयलाई पुनःर्निर्माण को लागी रु १ लाख रुपैँया आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग प्रदान गरेको हो ।  

गत असोजमा गएको बिनाशकारी भुकम्पले गर्दा विद्यालय भवनका कोठाहरु पूर्ण तथा अांशिक रुपमा क्षति ग्रस्त भएका र यसले गर्दा पठनपाठनमा समेत असर परेकाले बैंकले विद्यालय भवन निर्माणका लागि सो सहयोग उपलब्ध गराएको हो । बैंकको यस कार्यबाट विद्यार्थीहरुको पठनपाठनमा केही सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ । कक्षा १ देखि १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल करिब ३०० विद्यार्थीहरु अध्ययनरत रहेका छन ।  

New Office
CG Motors
Garima Development Bank

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।  

सिटिजन्स बैंले देशैभरी फैलिएका आफ्ना १९२ वटा शाखा, १५५ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख ५९ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.