सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै लघु, साना तथा मझौला उद्यम क्षेत्रमा विशेष तवरबाट कर्जा प्रवाह गर्दै आइरहेको छ । बैंकले विशेषगरी ग्रामीण क्षेत्रका साना तथा मझौला उद्यमीहरुको आर्थिक स्तर उकास्नका र त्यस्ता क्षेत्रमा वित्तीय साक्षरता प्रदान गर्न लघु, साना तथा मझौला (एसएमई÷एमएसएमई) लोन प्रवाह गर्दै आइरहेको छ ।
सानो लगानीबाट चल्ने र यस्ता क्षेत्रले धेरैलाई स्वरोजगार बनाउने भएकाले सिटिजन्स बैंक एसएमई÷एमएसएमई लोनमा केन्द्रित रहेको छ।
कोभिड–१९ महामारी र आर्थिक गतिविधिमा आएको शिथिलताका कारण बैंकहरुले लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा तोकिएअनुसार लगानी गर्न नसकिरहेको अवस्था छ । यसै सन्दर्भमा सिटिजन्स बैंकले यस्ता क्षेत्रमा के–कसरी कर्जा प्रवाह गरिरहेको छ भन्ने सन्दर्भमा बिजशालाले बैंकका एसएमई/एमएसएमई (SME/MSME) बैकिङ् युनिट प्रमुख चाटर्ड अकाउन्टेन्ट(सीए), तुलसी राज रिजालसँग गरेको संक्षिप्त कुराकानी:
तपाइँको बैंकले एसएमई/एमएसएमई लोनको प्राथमिकता कसरी निर्धारण गर्दछ ? र यसका लागि प्राथमिक क्षेत्रहरु कुन–कुन हुन् ?
– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड आफ्नो स्थापनाकालदेखि नै लघु, साना तथा मझौला उद्योग (एमएसएमई/एसएमई) कर्जा प्रवाहमा केन्द्रित रहेको छ । बैंकको १९७ वटा शाखा सञ्जालमार्फत'Missing Middle' लाई वित्तीय पहुँच प्रदान गर्दै आएको छ। बैंकले लघु, साना तथा मझौला व्यवसायलाई ऋण दिने सबैभन्दा सम्भाव्य क्षेत्रको रूपमा अघि बढाउँदै आएको छ ।
यस बैंकले कम जोखिम र सामाजिक पहलको रूपमा जसले देशभरि फैलिएका र कम वित्तीय साक्षरता र वित्तीय पहुँच भएका सम्भावित ग्राहकहरूलाई लघुवित्त कम्पनीहरुसँग बित्तीय पहुँच भएको, तर वाणिज्य बैंकहरुसँग बित्तीय पहुँच नरहेको वर्ग जसलाई 'Missing Middle' भनिन्छ, सेवा पुर्याउने उद्देश्य राख्दछ । यस सन्दर्भमा बैंकले दुईवटा Loan Product Paper हरु जारी गरेको छ, जसमा Citizens Fast Track Loan (CFTL)(२०१२ मा जारी गरिएको) र Citizens One Districk One Product (CODOP) (२०१४ मा जारी गरिएको) समावेश छ । यी Product Paper हरुको उद्देश्य ग्रामीण र अर्ध–शहरी क्षेत्रमा रहेका लघु र साना व्यवसायहरू, विशेष गरी कृषि र लघु तथा साना उद्यमहरूका लागि रकमको आवश्यकता भएका ग्राहकहरूलाई ऋण दिनु हो ।
यस्ता ऋणहरूको कृषिभूमि/मार्ग नपुगेको भूमि(Property having no Road Access) स्वीकारेर र ग्रामीण तथा अर्ध–शहरी क्षेत्रका मानिसहरूको वित्तीय आवश्यकता मूल्याङ्कन गरेर ऋण प्रदान गरिन्छ । थप रूपमा बैंकले साना तथा मझौला ऋणीहरूका लागि छुट्टै Product Paper हरु पनि तयार पारेको छ।
एसएमई/एमएसएमइ र ग्रामीण/अर्ध–शहरी क्षेत्रहरूमा ऋण दिने कार्य सिटिजन्स बैंकको प्राथमिकता रहेको छ । किनकि बैंकले ती क्षेत्रहरूमा आक्रामक रूपमा ऋण प्रवाह गरिरहेको छ। एसएमई/एमएसएमइ र ग्रामीण/अर्ध–शहरी क्षेत्रहरूमा वित्तीय सहयोग गर्ने कार्य बैंकका लागि उत्कृष्ट प्रयास साबित भएको छ । जसले लगानी भएको ऋणको प्रक्रिया तुलनात्मक रुपमा सन्तोषजनक हुँदै जोखिम व्यवस्थापनमा सहयोग पुर्याउनुका साथै र ग्रामीण/अर्ध–शहरी क्षेत्रका मानिसहरूको वास्तविक वित्तीय आवश्यकताहरूलाई पूरा गरेको छ ।
बैंकले वित्तीय साक्षरताको स्तर निकै कम र बैंकिङ्ग पहुँच न्यून भएका ग्रामिण क्षेत्रमा वित्तीय साक्षरताका लागि समेत टेवा पुर्याएको छ ।
साना तथा मझौला वित्तीय क्षेत्रलाई प्राथमिकता क्षेत्रको रूपमा मान्दै बैंकले आफ्नो वार्षिक ऋण बजेटको ३० देखि ४० प्रतिशत यस्ता क्षेत्रमा छुट्याउँदै आएको छ । यस्तो क्षेत्रमा ऋण दिने क्रममा हामी कृषि, नवीकरणीय ऊर्जा, घरेलु तथा सानाउद्योगजस्ता उत्पादन क्षेत्रका ऋणहरूमा ध्यान केन्द्रित गर्दैछौं ।
साथै बैंक विश्वास गर्छ कि यस्तो ऋण प्रवाहले उत्पादन क्षेत्रहरूमा पर्याप्त ऋण आपूर्ति मात्र नभई विपन्न र सीमान्तकृत समुदायको जीवनस्तर उकास्न र समग्र देशको दिगो आर्थिक विकासमा मद्दत पुर्याउन सक्छ।
बैंकले एसएमई/एमएसएमई व्यवसायलाई सहयोग गर्न चालु आर्थिक वर्षमा कस्तो रणनीति अपनाएको छ ? यसमा छुट्टै नयाँ योजना के छ ?
–सिटिजन्स बैंकले SEDRA-III परियोजनाअन्तर्गत KFW Development Bank , German सँग साझेदारी गरेको छ । जसअन्तर्गत बैंकले यस परियोजनाअन्तर्गत ग्रामिण र अर्ध–शहरी क्षेत्रका एमएसएमई ऋणीहरुलाई ३.५ मिलियन युरो वितरण गर्ने योजना बनाएको छ । थप रुपमा बैंकले चालु आवको ऋण बजेटमा ३० प्रतिशतभन्दा बढी एसएमई/एमएसएमई क्षेत्रमा छुट्याएको छ ।
SEDRA-III परियोजनाअन्तर्गत बैंक र Bank and Financial Consultants (BFC)ले साना तथा मझौला ऋणीहरुलाई परामर्श प्रदान समेत गर्दै आएको छ । बैंकलाई ऋण स्वीकृति प्रक्रिया सरल बनाउन र सम्भावित लघु, साना तथा मझौता ऋणीहरुलाई थप प्रभावकारी सेवा प्रवाहका लागि प्राविधिक सहायता पनि प्रदान गर्दै आएको छ । साथै बैंकले यस आर्थिक वर्षमा अन्य प्राविधिक सल्लाह तथा समर्थन पनि दिने लक्ष्य लिएको छ ।
एसएमई/एमएसएमई ऋणका लागि बैंकले कर्जा प्रक्रिया कस्तो बनाएको छ ?आवेदन प्रक्रिया सरल बनाउन कुनै विशेष कदम चालिएका छन् ?
– बैंकले एसएमई÷एमएसएमई ऋणीहरूको लागि कर्जा सुविधा प्रदान गर्न एकदमै सरल प्रक्रिया बनाएको छ । यस्ता किसिमका ऋण प्रवाह गर्ने प्रक्रियालाई अझ प्रभावकारी र सरल बनाउनका लागि बैंकले SEDRA-III परियोजनाअन्तर्गत BFC सँगको परामर्शमा केवल बैंकिङ्ग साझेदारको रूपमा मात्र नभई ऋणीलाई वित्तीय सर्तहरूको बारेमा शिक्षित गर्दै वित्तीय सल्लाहकारको रूपमा पनि कार्य गर्दै आएको छ । जसले ऋणीलाई वित्तीय साक्षरतामा मद्दत पुर्याउने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले एसएमई/एमएसएमई लोनको ब्याजदर निर्धारण गर्दा के–के कारक तत्वहरु विचार गर्छ ?
–बैंकले एसएमई/एमएसएमई ऋणीहरूको लागि प्रिमियम दर निर्धारण गर्नका लागि छुट्टै मूल्य निर्धारण नीति विकास गरेको छ। मूल्य निर्धारण उत्पादनसँग सम्बन्धित जोखिम, उत्पादनको प्रकार, अवधि, ऋणीहरूको वित्तीय स्थिति, बजारको अवस्था जस्ता कुरामा आाधारित हुन्छ ।
कोभिड–१९ जस्ता महामारीपछि व्यवसायको पुनरुत्थानका लागि तपाईको बैंकले प्रदान गरेका विशेष सहुलियतहरु के–कस्ता छन् ?
–कोभिड–१९ ले देशको समग्र अर्थतन्त्रमा अझ विशेष गरी एसएमई/एमएसएमई क्षेत्रमा ठूलो प्रभाव पारेको छ। आजको मितिसम्म धेरै एसएमई/एमएसएमई ऋणीहरूले कोभिड–१९ को समयमा भएको लकडाउनको प्रभावबाट खस्किएको उत्पादन तथा व्यवसाय पूर्ण क्षमतामा सञ्चालन गर्न सकेका छैनन्।
नेपाल राष्ट्र बैंकले यस अवधिमा विभिन्न सहुलियतहरू प्रदान गरेको थियो, जस्तै व्यवसाय सञ्चालन खर्च परिपूर्तिका लागि १०% अतिरिक्त ऋण, ऋणको पुनः अनुसूची र संरचना (Rescheduling & Restructuring), रिफाइनान्सिङ सुविधा आदि । यस्ता नियमहरूको आधारमा, बैंकले ऋणीहरूलाई सञ्चालन खर्च पूरा गर्न १०% अतिरिक्त ऋण प्रदान गरेको छ र कोभिड–१९ का कारण नगद प्रवाहमा ठूलो प्रभाव परेको ऋणीहरूलाई पुनः संरचनाअनुसार पुनः अनुसूची सुविधा पनि प्रदान गरेको छ।
कोभिड–१९ बाट प्रभावित भएका अधिकांश एसएमई/एमएसएमई ऋणीहरूको लागि बैंकले ३३७ ऋणीहरूलाई रिफाइनान्सिङ सुविधा प्रदान गरेको छ, जसमा सामान्य रिफाइनान्सिङका लागि ५% र विशेष रिफाइनान्सिङको लागि ३% को ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराइएको छ।
नेपालमा एसएमई/एमएसएमई क्षेत्रले सामना गर्ने प्रमुख चुनौतीहरु के हुन् ? र ती समस्या समाधान गर्न बैंकले के भूमिका निर्वाह गरिरहेको छ ?
– वर्तमान समयमा बैंकले एसएमई/एमएसएमई ऋणको क्षेत्रमा जुन प्रमुख चुनौती सामना गर्दैछ, त्यो हो बढ्दो एनपीए स्तर(NPA)। देशको वर्तमान अर्थतन्त्रलाई ध्यानमा राख्दा महँगी दर उच्च गतिमा बढिरहेको छ, जसले उपभोक्ताको क्रयशक्ति घटाएको छ । यसको परिणामस्वरूप एसएमई/एमएसएमई क्षेत्रको वृद्धि मन्द भइरहेको छ। यस अवस्थाले एसएमई/एमएसएमई क्षेत्रहरूमा एनपीए स्तर बढाएको छ। बैंकले नियमित रूपमा पोर्टफोलियो निगरानी गरिरहेको छ र ऋणीहरूलाई व्यवसायको पुनरुत्थानका लागि बारम्बार भ्रमण र परामर्श प्रदान गर्दै आएको छौं ।
नयाँ स्टार्टअपहरुलाई समर्थन गर्न एसएमई/एमएसएमई लोनमा बैंकको विशेष प्रोत्साहन नीति छ कि छैन ?यदि छ भने, त्यसको प्रभाव कस्तो देखिएको छ ?
– बैंकले नयाँ स्टार्टअपहरुका लागि आफ्नो Product Paper मा छुट्टै प्रावधान तयार पारेको छ, जसले स्टार्टअप संस्थालाई वित्तीय पहुँच प्रदान गर्न मद्दत गर्दछ। यस्तो ऋण सुविधा आगामी बर्षहरुको प्रक्षेपित नगद प्रवाह र रियल इस्टेट धरौटीको उपलब्धताको आधारमा प्रदान गरिन्छ । हाल स्टार्टअप बिजिनेसको रुपमा रहेको विद्युतीय सवारी (Electric Vehicle) चार्जिङ स्टेशनलाई वित्तीय सहयोग पुर्याउन निकट भविष्यमै यस बैंकले केही चार्जिङ स्टेशनसँग सम्झौतामा प्रवेश गर्न लागेको छ।
समग्र एसएमई/एमएसएमई क्षेत्रको प्रबद्र्धनका लागि बैंकले सरकारसँगको सहकार्य, डिजिटल बैंकिङ सेवा र ग्रामिण क्षेत्रको समावेशिताका बारे पनि जानकारी राखिदिनुस् न । –सिटिजन्स बैंकले एसएमई/एमएसएमई ऋणको प्रोत्साहनका लागि विभिन्न सरकारी संस्थाहरूसँग सम्झौतामा प्रवेश गरेको छ। यसले एसएमई/एमएसएमई ऋणीहरूलाई विभिन्न प्रकारका डिजिटल सेवाहरू जस्तै अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड, शाखाविहीन बैंकिङ आदि प्रदान गर्दै आएको छ। थप रूपमा, गाउँघरका मानिसहरूको वित्तीय सेवामा पहुँच (वित्तीयपहुँच) स्थापित गर्नका लागि बैंकले विभिन्न प्रकारका Product Paper जस्तै Citizens Fast Track Loan (CFTL), Citizens One District One Product (CODOP) विकास गरेको छ, जसका लागि बाटो नभएको कृषिभूमि (Property having no Road Access)पनि धरौटी सुरक्षास्वरूप स्वीकार गरिएको छ।