बिहीबार, बैशाख २५,२०८२ 08:21:55
IME remit
  • बिहीबार, बैशाख २५,२०८२ 08:21:55
IME remit
Global IME Bank Limited

सिटिजन्स बैंकको 'फ्रिल्यान्सर सेभिङ अकाउन्ट', आकर्षक विशेषताले भरिपूर्ण प्रडक्ट

Hyundai Nepal
सिटिजन्स बैंकको 'फ्रिल्यान्सर सेभिङ अकाउन्ट', आकर्षक विशेषताले भरिपूर्ण प्रडक्ट
Nabil Bank Limited

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ कन्सेप्ट प्रयोग गरी ‘सिटिजन्स फ्रिल्यान्सर सेभिङ अकाउन्ट’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो १८औं वार्षिकोत्वसको अवसरमा फ्रिल्यान्सहरुलाई मध्यनजर गरी वैशाख ७ गतेदेखि यो खाता सञ्चालनमा ल्याएको हो ।  

वार्षिकोत्वसको अवसरमा बैंकको तर्फबाट नयाँ केही गर्ने हेतुले खासगरी स्वतन्त्र पेसाकर्मी (फ्रिल्यान्स)हरुलाई टार्गेट गरी यो खाता सञ्चालनमा ल्याइएको बैंकका डिपोजिट मार्केटिङ प्रमुख पारसबिक्रम थापाले जानकारी दिए । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

बैंकको १८औं वार्षिकोत्वसवको अवसरमा केही नयाँ योजना ल्याउने बैंकको प्लान थियो तर बजारमा आइरहेका योजना भन्दा फरक के छ भन्ने कुनै आइडिया थिएन’ उनले भने, ‘ठ्याक्कै सामाजिक सञ्जाल लगायत विभिन्न सञ्चारमाध्यमहरुमा कीर्तिपुरको डाँडामै बसेर महिनाकै २–३ लाखसम्म कमाउन सक्ने विषयले फ्रिल्यान्सर सेभिङ अकाउन्ट खोल्ने जुक्ति जुर्यो ।’

फ्रिल्यान्सहरुलाई मध्यनजर गरी डिजाइन गरिएको यस खातामा नेपाली रुपैयाँसँगै अमेरिकी डलरमा पनि खाता खोल्न सकिने सुविधा उपलब्ध गराइएको थापाले बताए । तथ्याङ्कअनुसार नेपालमा ५०–६० हजारको संख्यामा फ्रिल्यान्सरहरु रहेका र तिनै व्यक्तिहरुकै सुविधाका लागि यो खाता सञ्चालनमा ल्याइएको थापाको भनाई छ ।  

‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)को सन् २०२२ को तथ्याले नेपालमा ६६ हजारभन्दा बढी फ्रिल्यान्सरहरु रहेका देखिएको छ, जसले विभिन्न डिजिटल प्ल्याटफर्महरु प्रयोग गर्छन्’ उनले भने, ‘सोही तथ्याङ्कलाई आधार मानेर हामीले उक्त व्यक्तिहरुकै सुविधाका लागि यो खाता डिजाइन गरेका हौं ।’

थापाका अनुसार आईआईडीएसको तथ्याङ्कबमोजिम पछिल्ला वर्षहरुमा फ्रिल्यान्सरहरुको संख्या ठूलो मात्रामा बढिरहेको छ । अर्को शब्दमा भन्नुपर्दा फ्रिल्यान्सरहरु नेपाली अर्थतन्त्रमा ‘स्याडो अर्नर’हुन् ।  

‘तथ्याङ्कअनुसार फ्रिल्यान्सरहरुको वार्षिक आम्दानी अनुभव र सीपको आधारमा फरक हुन्छ, प्रारम्भिक स्तरका फ्रिल्यान्सरहरुले वार्षिक औसत रुपमा अमेरिकी डलर २ हजार ८१० अर्थात् करिब ३ लाख रुपैयाँ, मध्य स्तरका फ्रिल्यान्सरहरुले अमेरिकी डलर करिब ६ हजार ३९५ अर्थात् ६.५ लाख रुपैयाँ कमाउँछन् भने विशेषज्ञ फ्रिल्यान्सरहरुले वार्षिक रुपमा अमेरिकी डलर करिब १५ हजार ३२२ अर्थात् १५.५लाख रुपैयाँ कमाउँछन्’ थापाले भने, ‘औसत रुपमा हेर्दा नियमित फ्रिल्यान्सरहरुले वार्षिक रुपमा ७ लाख रुपैयाँ जति कमाउने गरेको देखिएको छ, यसकारण त्यस्ता व्यक्तिहरुको वित्तीय सहजता र सेवा प्रदानका लागि हामीले यो खाता डिजाइन गरेका छौं ।’

यस खाताअन्तर्गत फ्रिल्यान्सरहरुले नेपाली रुपैयाँ र अमेरिकी डलर दुबैमा आफ्नो आम्दानी व्यवस्थित गर्नसक्ने भएकाले प्रभावकारी बन्ने बैंकले लक्ष्य लिएको छ ।  

Muktinath Bikas Bank Limited

साथै फ्रिल्यान्सरहरुलाई थप आकर्षित गर्न यस योजनामा बीमा सुविधा समेत प्रदान गरिएको थापाले बताए । योसँगै खातामा उच्चतम ब्याजदरको समेत सुविधा रहेको उनले दाबी गरे ।  

यो खाता खोल्नुहुने ग्राहकलाई थप आकर्षित गराउन बैंकले यस योजनामा बीमाको समेत सुविधा राखेको छ, साथै नेपाली रुपैयाँ खातामा ४.५ प्रतिशत तथा अमेरिकी डलर खातामा ३.७५ प्रतिशत ब्याजदर प्रदान गरिनेछ’ उनले भने, ‘योसँगै सरकारी मापदण्डअनुसार ५ प्रतिशत टिडिएस काट्नुपर्ने व्यवस्था रहेकोमा त्यो सुविधा पनि अहिले बैंकले नै खातावालाहरुलाई प्रदान गरेको छ ।’

थापाका अनुसार विदेशबाट प्राप्त गरिने रकममा लाग्ने ५ प्रतिशत कर बैंकले आफैंले तिरिदिनेछ । नेपाली रुपैयाँ खातामा न्यूनतम ब्यालेन्स ५ सय रुपैयाँ र अमेरिकी डलर खातामा न्यूनतम १० डलर हुनुपर्नेछ ।  

त्यस्तै, खातावालाले डलर सटही गर्दा १० पैसाबराबरको थप लाभ प्राप्त गर्नेछन् भने डलर ट्राभल कार्डै र इ–कम कार्ड जारी गर्दा ५० प्रतिशत छुट सुविधा प्राप्त गर्ने उनले बताए ।  

यस खाता खोल्दा खातावालाले मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, डिम्याट खाता, खाता विवरण र चेकबुक निःशुल्क प्राप्त गर्नेछन् ।  

फ्रिल्यान्सरहरुलाई लक्षित गरी ल्याइएको यो पहिलो योजना भएकाले यसले बैंकको निक्षेप बृद्धिमा पनि सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ ।

रिकरिङ डिपोजिटको सुविधा  

सिटिजन्स बैंकमा फ्रिल्यान्सर सेभिङ अकाउन्ट खोल्ने ग्राहकले रिकरिङ डिपोजिटको सुविधा समेत प्राप्त गर्न सक्नेछन् । यो खाता खोल्दा ग्राहकले चाहेको खण्डमा आफ्नो बचतबाट केही प्रतिशत रकम रिकरिङ डिपोजिटमा जम्मा गरिदिने थापाले बताए ।  

‘यो खाता खोल्नुहुने ग्राहकहरु कुनै पनि संस्थासँग आबद्ध नहुने भएकाले उहाँहरुको भविष्य सुनिश्चितका लागि हामीले रिकरिङ डिपोजिटको सुविधा राखेका छौं’ उनले भने, ‘जस्तै विभिन्न कम्पनीमा कार्यरत कर्मचारीले कर्मचारी सञ्चय कोष र सामाजिक सुरक्षा कोषको सुविधा पाउछन्, त्यसरी नै यो खाता खोल्नुहुने ग्राहकले चाहेकको खण्डमा केही प्रतिशत रकम रिकरिङ खातामा डिपोजिट गरी हामी सुरक्षित गरिदिनेछौं, जुन रकम उहाँहरुले भविष्यमा ब्याज सहित पाउनुहुनेछ ।’

रु. ३ लाखसम्मको बीमा सुविधा  

बैंकका अनुसार यस खातामा विशेषगरी बीमा सुविधालाई फोकस गरिएको छ । यो खाता खोल्ने फ्रिल्यान्सरले २५ हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्मको बीमा सुविधा प्राप्त गर्नेछन् ।  

‘फ्रिल्यान्सरहरुलाई टार्गेट गरी सञ्चालनमा ल्याइएको यस खातामा बीमा सुविधा राखिएको छ, जुन आवश्यक पनि छ’ थापाले भने, ‘खातावालाहरुले यो खाता खोल्दा २५ हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा (अस्पताल भर्ना भएमा) र ३ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा पाउनेछन् ।’

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.