आईतवार, असार २१,२०८३ 06:02:55
Bizshala
  • आईतवार, असार २१,२०८३ 06:02:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिद्धार्थ बैंक ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६’ मा गोल्ड अवार्डबाट सम्मानित

Laxmi Sunrise Bank Limited
सिद्धार्थ बैंक ‘इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६’ मा गोल्ड अवार्डबाट सम्मानित

 

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित Infosys Finacle Innovation Awards 2026 अन्तर्गत Maximizing Customer Engagement – Digital First Banking विधामा न्यमि अवार्डबाट सम्मानित भएको छ ।

विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूले प्रविधि, नवप्रवर्तन तथा ग्राहक अनुभव अभिवृद्धिका क्षेत्रमा गरेका उत्कृष्ट अभ्यासहरूको मूल्याङ्कन गरी प्रदान गरिने उक्त अवार्डले सिद्धार्थ बैंकको डिजिटल बैंकिङ क्षेत्रप्रतिको निरन्तर प्रतिबद्धता, ग्राहक केन्द्रित सेवा तथा उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने प्रयासलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान गरेको बैंकले जनाएको छ । 

New Office
CG Motors
Garima Development Bank

बैंकले आफ्ना ग्राहकहरूलाई सहज, सुरक्षित तथा आधुनिक बैंकिङ्ग अनुभव प्रदान गर्ने उद्देश्यले विभिन्न डिजिटल सेवाहरूको विस्तार गर्दै आएको छ । मोबाइल बैंकिङ्ग, क्यूआर भुक्तानी, क्यूआर कर्जा, भर्चुअल के्रडिट कार्ड, डिजिटल खाता सञ्चालन लगायतका सेवामार्फत ग्राहकहरूलाई छिटो, सरल र सुविधाजनक बैंकिङ सेवा उपलब्ध गराउने बैंकको प्रयासलाई उक्त अवार्डले थप साहस र ऊर्जा प्रदान गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सिद्धार्थ बैंकले आगामी दिनहरुमा पनि आधुनिक प्रविधिको अधिकतम उपयोग गर्दै डिजिटल भुक्तानी प्रणालीको विस्तार, व्यावसायिक साझेदारीको सुदृढीकरण तथा ग्राहक सन्तुष्टि अभिवृद्धिमा प्रतिबद्ध रहँदै अघि बढ्ने विश्वास लिएको छ । 

यस उपाधिले ग्राहकहरूप्रतिको बैंकको प्रतिबद्धतालाई थप मजबूत बनाउने र भविष्यमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न बैंकलाई प्रेरित गरेको बैंकको भनाई छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.