आईतवार, असार २१,२०८३ 04:15:05
Bizshala
  • आईतवार, असार २१,२०८३ 04:15:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विकास बैंकहरुको नाफा ७५.२३% ले बढ्यो, गरिमा र मुक्तिनाथ अर्ब क्लबमा

Laxmi Sunrise Bank Limited
विकास बैंकहरुको नाफा ७५.२३% ले बढ्यो, गरिमा र मुक्तिनाथ अर्ब क्लबमा

काठमाण्डौ । विकास बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनासम्ममा १७ विकास बैंकहरुले ६ अर्ब २८ करोड ६८ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

विकास बैंकहरुको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७५.२३ प्रतिशत बढी हो । गत आवको वैशाख मसान्तसम्म विकास बैंकहरुले समग्रमा ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

विकास बैंकहरुको कस्ट अफ फण्डमा सुधार, कर्जा व्यवस्थापनमा सुधार, संचालन खर्च नियन्त्रणसँगै केहीको खराब कर्जा अनुपातमा सुधार देखिएसँगै समग्रमा बैंकहरुको नाफामा सुधार देखिएको हो ।  

New Office
CG Motors
Garima Development Bank

सो अवधिसम्म ४ बैंक मात्रै घाटामा छन् भने १३ बैंक नाफामा छन् । नाफामा रहेका सबैको मुनाफा गत आवको तुलनामा उल्लेख्य बढेको छ ।  

वैशाख महिनासम्ममा सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक रहेको छ । यी दुवै बैंक अर्ब क्लबमा प्रवेश गरेका छन् । गरिमाले १ अर्ब २० करोड ७९ लाख रुपैयाँ नाफा कमाउँदा मुक्तिनाथले १ अर्ब १० करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत आवको तुलनामा गरिमाको नाफा ३८.९५ प्रतिशत वृद्धि भएको छ भने मुक्तिनाथको नाफा २६.१८ प्रतिशत वृद्धि भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, शाइन रेसुङ्गाले ८९ करोड ३९ लाख, ज्योतिले ७२ करोड ४९ लाख, कामना सेवाले ६७ करोड २ लाख, लुम्बिनीले ६३ करोढ ६ लाख, सांग्रिलाले ५४ करोड ६० लाख, महालक्ष्मीले ४६ करोड ३८ लाख, एक्सेलले १४ करोड ६३ लाख, मितेरीले १० करोड ३५ लाख, सप्तकोशीले ५ करोड ८६ लाख, ग्रीन डेभलपमेन्टले ४ करोड ५५ लाख र कर्पोरेटले २ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ ।  

सो अवधिसम्म ४ बैंक भने घाटामा छन् । कर्णालीले २३ करोड ९६ लाख, नारायणीले ५ करोड ४९ लाख, सिन्धुले ३ करोड ७२ लाख र सालपा विकासले ८० लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

गत आवको तुलनामा सर्वाधिक नाफा ग्रोथ गर्नेमा लुम्बिनी विकास बैंक रहेको छ । यो बैंकले ४२८.७० प्रतिशतले नाफा बढाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.