विकास बैंकहरूको नाफा ३६.२%ले बढ्यो, ११ महिनामा रु.७.२१ अर्ब कमाई
काठमाण्डौ । विकास बैंकहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार विकास बैंकहरुले चालु आवको ११ महिनासम्ममा ७ अर्ब २१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३६.२० प्रतिशत बढी हो । गत आवको ११ महिनासम्ममा विकास बैंकहरुले ५ अर्ब २९ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आईपुग्दा अधिकांश बैंकको...

