काठमाण्डौ । विकास बैंकहरुले झण्डै दुई अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ५ महिनासम्ममा विकास बैंकहरुले १ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २१.५९ प्रतिशत कम हो ।
गत आवको सोही अवधिसम्म विकास बैंकहरुले २ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा १० विकास बैंक नाफामा छन् भने ७ वटा बैंकले घाटा ब्यहोरेका छन् । जेनजी आन्दोलनपश्चात् बैंकहरुको ऋण असुली प्रभावित बन्दा बैंकहरुको नाफा घट्न पुगेको हो । सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ ।
बैंकले ५३ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४.२७ प्रतिशत बढी हो । त्यस्तै, मुक्तिनाथले ५२ करोड ९० लाख, शाइन रेसुङ्गाले ४४ करोड ७ लाख, कामना सेवाले ३५ करोड ९५ लाख, सांग्रिलाले १९ करोड ८३ लाख, ज्योति विकासले १९ करोड ७१ लाख, महालक्ष्मी विकासले १२ करोड २३ लाख, कर्णालीले १२ करोड ७५ लाख, मितेरीले ४ करोड ७१ लाख र सप्तकोशीले १३ लाख रुपैयाँ नाफा कमाएको छ ।
सबैभन्दा घाटा ब्यहोर्ने बैंकमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकले सो अवधिसम्म ३५ करोड ४५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । त्यस्तै, एक्सेलले ११ करोड १ लाख, नारायणीले ४ करोड ७४ लाख, ग्रीन डेभलपमेन्टले २ करोड २५ लाख, सालपा विकासले १ करोड ९४ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ७७ लाख रुपैयाँ घाटा ब्यहोरेकोछ ।


