शनिबार, फाल्गुन २३,२०८२ 02:09:37
Bizshala
  • शनिबार, फाल्गुन २३,२०८२ 02:09:38
Bizshala
Global IME Bank Limited

विकास बैंकहरुको नाफा २१.५९% ले घट्यो, ७ ले ब्यहोरे नोक्सानी

Hyundai Nepal
विकास बैंकहरुको नाफा २१.५९% ले घट्यो, ७ ले ब्यहोरे नोक्सानी
Shivam Cement

काठमाण्डौ । विकास बैंकहरुले झण्डै दुई अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ५ महिनासम्ममा विकास बैंकहरुले १ अर्ब ९५ करोड रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २१.५९ प्रतिशत कम हो ।

गत आवको सोही अवधिसम्म विकास बैंकहरुले २ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा १० विकास बैंक नाफामा छन् भने ७ वटा बैंकले घाटा ब्यहोरेका छन् । जेनजी आन्दोलनपश्चात् बैंकहरुको ऋण असुली प्रभावित बन्दा बैंकहरुको नाफा घट्न पुगेको हो । सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकले ५३ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४.२७ प्रतिशत बढी हो । त्यस्तै, मुक्तिनाथले ५२ करोड ९० लाख, शाइन रेसुङ्गाले ४४ करोड ७ लाख, कामना सेवाले ३५ करोड ९५ लाख, सांग्रिलाले १९ करोड ८३ लाख, ज्योति विकासले १९ करोड ७१ लाख, महालक्ष्मी विकासले १२ करोड २३ लाख, कर्णालीले १२ करोड ७५ लाख, मितेरीले ४ करोड ७१ लाख र सप्तकोशीले १३ लाख रुपैयाँ नाफा कमाएको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सबैभन्दा घाटा ब्यहोर्ने बैंकमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकले सो अवधिसम्म ३५ करोड ४५ लाख रुपैयाँ घाटा ब्यहोरेको छ । त्यस्तै, एक्सेलले ११ करोड १ लाख, नारायणीले ४ करोड ७४ लाख, ग्रीन डेभलपमेन्टले २ करोड २५ लाख, सालपा विकासले १ करोड ९४ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले १ करोड ७७ लाख रुपैयाँ घाटा ब्यहोरेकोछ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.