बिहीबार, बैशाख १०,२०८३ 10:00:48
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 10:00:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विकास बैंकहरुको नाफा ३१.८४% ले बढ्यो, एनपीएल र लाभांश क्षमता कुनको कति ?

Bizshala
विकास बैंकहरुको नाफा ३१.८४% ले बढ्यो, एनपीएल र लाभांश क्षमता कुनको कति ?
Shivam Cement

काठमाण्डौ । विकास बैंकहरुको वित्तीय सूचकमा सकारात्मक सुधार देखिएको छ । सञ्चालनमा रहेका १६ विकास बैंक मध्ये सप्तकोशी डेभलपमेन्ट बैंक बाहेक सबैले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

१५ विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब ४० करोड ७४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३१.८४ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म विकास बैंकहरुले २ अर्ब ५८ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए ।

बैंकहरुको खुद ब्याज आम्दानीमा सुधार देखिदा र खराब कर्जाको अवस्था सुधारिँदा नाफा बढ्न पुगेको हो । साथै नेपाल राष्ट्र बैंकले कर्जा पुनर्संरचनाको व्यवस्थाले पनि विकास बैंकहरुको नाफा वृद्धिमा टेवा पुगेको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सो अवधिसम्म सालपा विकास बैंक, सिन्धु विकास बैंक र नारायणी डेभलपमेन्ट बैंक घाटामा देखिएका छन् भने १२ बैंक नाफामा रहेका छन् । नाफामा रहेका बैंकहरुको मुनाफा गत आवको तुलनामा उल्लेख्य बढ्न पुगेको छ ।

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ६७ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३३.५७ प्रतिशत बढी हो ।

त्यस्तै, गरिमा विकास बैंकले पनि ६३ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १५.६३ प्रतिशत बढी हो । तेस्रो बढी नाफा कमाउने बैंकमा शाइन रेसुङ्गा रहेको छ । यो बैंकले ४० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ ।

६ बैंकको एनपीएल घट्यो

चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा ६ विकास बैंकले खराब कर्जा अनुपात ९एनपीएल० घटाउन सफल भएका छन् । जेनजी आन्दोलनका कारण बैंकहरुको कर्जा असुली प्रभावित बन्दा एनपीएल ह्वात्तै बढेको थियो । तर दोस्रो त्रैमाससम्म आइपुग्दा ६ बैैंकले पनि यस्तो अवस्थामा सुधार ल्याउन सफल भएका छन् ।

एनपीएल घटाउने बैंकहरुमा गरिमा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र सिन्धु विकास बैंक रहेका छन् ।

CG Motors
Garima Development Bank
IME remit

सो अवधिसम्म सबैभन्दा धेरै एनपीएल नारायणी डेभलपमेन्ट बैंकको ५७.४८ प्रतिशत रहेको छ भने सबैभन्दा थोरै एनपीएल मितेरी डेभलपमेन्ट बैंकको १.२३ प्रतिशत रहेको छ ।

लाभांश क्षमता कुनको कति ?

बैंकहरुले आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन् । सोही वितरणयोग्य मुनाफा रकमलाई बैंकको चुक्तापूँजीले भाग गरेर लाभांश क्षमता निकालिन्छ ।

यसआधारमा १० विकास बैंक लाभांश दिन सक्ने अवस्थामा देखिन्छन् भने ५ विकास बैंकको यस्तो अवस्था ऋणात्मक रहेको । यसर्थ ऋणात्मक अवस्था रहेका बैंकहरु लाभांश दिन नसक्ने अवस्थामा रहेको बुझिन्छ ।

सबैभन्दा धेरै लाभांश क्षमता कामना सेवा विकास बैंकको रहेको छ । यो बैंकको लाभांश क्षमता १५.३२ प्रतिशत रहेको छ ।

त्यस्तै, गरिमाको १०.२४ प्रतिशत, मुक्तिनाथको ३.९९ प्रतिशत, शाइन रेसुङ्गाको ६.३७ प्रतिशत, महालक्ष्मीको १.६२ प्रतिशत, सांग्रिलाको ५.०७ प्रतिशत, लुम्बिनीको १२.१४ प्रतिशत, एक्सेलको १२.८३ प्रतिशत, मितेरी डेभलपमेन्टको  ७.७६ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको १.५० प्रतिशत रहेको छ ।

सो अवधिसम्म ५ बैंकको यस्तो अवस्था भने ऋणात्मक रहेको छ । ज्योति विकास बैंकको ३.१५ प्रतिशत, कर्पोरेट डेभलपमेन्टको ८.९२ प्रतिशत, नारायणी डेभलपमेन्टको ९.५८ प्रशित, सालपाको ४.६९ प्रतिशत र सिन्धुको ०.४१ प्रतिशत ऋणात्मक रहेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.