बुधबार, असार १०,२०८३ 06:07:03
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:07:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विकास बैंकहरुले २७.४१% ले बढाए मुनाफा, सर्वाधिक कमाउनेमा गरिमा

Laxmi Sunrise Bank Limited
विकास बैंकहरुले २७.४१% ले बढाए मुनाफा, सर्वाधिक कमाउनेमा गरिमा

काठमाण्डौ । विकास बैंकहरुले ३ अर्ब भन्दा बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा नेप्सेमा सूचीकृत १५ विकास बैंकले ३ अर्ब १७ करोड ८५ लाख रुपैयाँ नाफा कमाएका हुन् ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २७.४१ प्रतिशत बढी हो । गत आवको ७ महिनासम्ममा विकास बैंकहरुले २ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

New Office
CG Motors
Garima Development Bank

सो अवधिसम्म आइपुग्दा नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंक भने घाटामा देखिएका छन् । यसबाहेक सबै बैंक नाफामा देखिएका छन् । नाफामा रहेका १२ बैंकमध्ये पनि १० वटाले भने गत आवको तुलनामा नाफा उल्लेख्य बढाएका छन् ।  

माघ मसान्तसम्म सबैभन्दा बढी नाफा कमाउनेमा गरिमा विकास बैंक रहेको छ । बैंकले सो अवधिसम्म ६३ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १४।३६ प्रतिशत बढी हो ।  

त्यस्तै, मुक्तिनाथ विकास बैंकले ६२ करोड ९५ लाख, शाइन रेसुङ्गाले ४४ करोड ६६ लाख, कामना सेवाले ४१ करोड ४६ लाख, महालक्ष्मी विकास बैंकले ३३ करोड ५३ लाख, ज्योति विकास बैंकले ३० करोड ५१ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले २६ करोड २१ लाख, लुम्बिनीले २३ करोड ७ लाख, मितेरीले ७ करोड ३ लाख, सिन्धुले ४ करोड ८५ लाख, ग्रीन डेभलपमेन्टले १ करापेड ३९ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले २० लाख रुपैयाँ नाफा कमाएका छन् ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सो अवधिसम्म सबैभन्दा धेरै घाटा ब्यहोर्नेमा भने एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । बैंकले १८ करोड ९० लाख रुपैयाँ घाटा ब्यहोरेको छ । यसका साथै सप्तकोशी डेभलपमेन्ट बैंकले २ करोड ९ लाख र नारायणी डेभलपमेन्ट बैंकले ८८ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

गत आवको तुलनामा सबैभन्दा बढी नाफा बढाउनेमा भने सिन्धु विकास बैंक रहेको छ । बैंकले गत आवको सोही अवधिसम्मको तुलनमा नाफा १८८।५२ प्रतिशत बढाएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.