बुधबार, असार १०,२०८३ 02:43:17
Bizshala
  • बुधबार, असार १०,२०८३ 02:43:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

विकास बैंकहरुको नाफा ६०.५४% ले बढ्यो, चार बैंक अझै घाटामा !

Laxmi Sunrise Bank Limited
विकास बैंकहरुको नाफा ६०.५४% ले बढ्यो, चार बैंक अझै घाटामा !

काठमाण्डौ । विकास बैंकहरुको मुनाफा दोब्बर बढेको छ । नेपाल राष्ट्र बैकका अनुसार चालु आवको ७ महिनासम्ममा विकास बैंकहरुले ४ अर्ब एक करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ६०.५४ प्रतिशत बढी  हो । गत आवको सोही अवधिसम्म विकास बैंकहरुले २ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्म आइपुग्दा १३ बैंक नाफामा छन् भने ४ विकास बैंकले घाटा ब्यहोरेका छन् । नाफामा रहेका बैंकहरुले गत आवको तुलनामा उल्लेख्य मुनाफा बढाएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ८२ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३०.५० प्रतिशत बढी हो ।  

त्यस्तै, गरिमा विकास बैंकले ७७ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत आवको तुलनामा १४.०८ प्रतिशत बढी हो ।  

यसका साथै शाइन रेसुङ्गाले ५१ करोड ८२ लाख, कामना सेवा विकासले ४७ करोड ६० लाख, ज्योति विकास बैंकले ३८ करोड ५६ लाख, सांग्रिला डेभलपमेन्टले ३५ करोड ७६ लाख, महालक्ष्मी विकासले २८ करोड ३४ लाख, लुम्बिनीले २६ करोड ४८ लाख, एक्सेल डेभलपमेन्ट बैंकले ७ करोड १९ लाख, मितेरीले ६ करोड ८० लाख, कर्णालीले २ करोड ९१ लाख, सप्तकोशीले २ करोड ७३ लाख र ग्रीन डेभलपमेन्ट बैंकले १ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यता चार बैंकले भने घाटा ब्यहोरेका छन् । सबैभन्दा बढी घाटा ब्यहोर्नेमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ । बैंकले ५ करोड १४ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

त्यस्तै, सिन्धु विकास बैंकले १ करोड ५२ लाख, सालपा विकास बैंकले १ करोड ४२ लाख र कर्पोरेट डेभलपमेन्ट बैंकले ६३ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.