विकास बैंकहरुको नाफा ६०.५४% ले बढ्यो, चार बैंक अझै घाटामा !
काठमाण्डौ । विकास बैंकहरुको मुनाफा दोब्बर बढेको छ । नेपाल राष्ट्र बैकका अनुसार चालु आवको ७ महिनासम्ममा विकास बैंकहरुले ४ अर्ब एक करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ६०.५४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म विकास बैंकहरुले २ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिसम्म आइपुग्दा १३ बैंक नाफामा छन् भने ४ विकास बैंकले...

