आईतवार, कार्तिक १५,२०८३ 02:55:55
  • आईतवार, कार्तिक १५,२०८३ 02:55:55
Global IME Bank Limited

राष्ट्रिय स्तरका विकास बैंकको नाफामा ११३ प्रतिशतको छलाङ, लुम्बिनी र मुक्तिनाथबीच कडा टक्कर

Bizshala
राष्ट्रिय स्तरका विकास बैंकको नाफामा ११३ प्रतिशतको छलाङ, लुम्बिनी र मुक्तिनाथबीच कडा टक्कर
New Office

काठमाण्डौ । राष्ट्रियस्तरका आठ विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १ अर्ब ६७ करोड ५ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यी बैंकको संयुक्त नाफा ११३.२३ प्रतिशतले बढेको हो।

अघिल्लो वर्षको पहिलो त्रैमासमा आठ बैंकको संयुक्त नाफा ७८ करोड ३४ लाख ५४ हजार रुपैयाँ थियो। यसपटक नाफामा ८८ करोड ७१ लाख २७ हजार रुपैयाँ थपिएको छ। समग्र नाफामा उल्लेख्य सुधार देखिए पनि बैंकगत अवस्था भने मिश्रित छ। पाँच बैंकको नाफामा सुधार आउँदा तीन बैंकको घटेको छ।

नाफाको आकारमा लुम्बिनी विकास बैंक पहिलो स्थानमा उक्लिएको छ। गत वर्षको पहिलो त्रैमासमा ३४ करोड ८५ लाख ७७ हजार रुपैयाँ घाटामा रहेको बैंकले यसपटक ३२ करोड ७१ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। घाटाबाट नाफामा फर्किएको लुम्बिनीको वित्तीय नतिजामा ६७ करोड ५७ लाख ३१ हजार रुपैयाँको सुधार आएको हो।

आठ बैंकको संयुक्त नाफा वृद्धिमा लुम्बिनीको पुनरागमनले ठूलो योगदान गरेको देखिन्छ। समग्र नाफामा थपिएको रकमको करिब ७६ प्रतिशत हिस्सा लुम्बिनीको घाटाबाट नाफामा भएको सुधारले ओगटेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

मुक्तिनाथ विकास बैंक सर्वाधिक नाफा कमाउने सूचीको दोस्रो स्थानमा छ। बैंकले तीन महिनामा ३२ करोड २४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यही अवधिमा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ कमाएको बैंकको नाफा ४३.४४ प्रतिशतले बढेको हो।

तेस्रो स्थानमा रहेको गरिमा विकास बैंकको नाफा भने घटेको छ। बैंकले पहिलो त्रैमासमा २४ करोड १ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा २५ करोड ५ लाख ७५ हजार रुपैयाँ रहेको नाफा यसपटक ४.१७ प्रतिशतले घटेको हो।

कामना सेवा विकास बैंकले नाफा १६.९९ प्रतिशतले बढाएर २३ करोड ११ लाख ५५ हजार रुपैयाँ पुर्‍याएको छ। गत वर्षको पहिलो त्रैमासमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो। नाफाको आकारमा बैंक चौथो स्थानमा छ।

अघिल्लो वर्ष पनि नाफामा रहेका बैंकमध्ये ज्योति विकास बैंकले सबैभन्दा उच्च वृद्धिदर हासिल गरेको छ। बैंकको नाफा १८४.५९ प्रतिशतले बढेर २० करोड १ लाख ६१ हजार रुपैयाँ पुगेको छ। गत वर्षको यही अवधिमा बैंकले ७ करोड ३ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

Garima Development Bank
Bizshala
IME remit

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा भने २.६६ प्रतिशतले घटेको छ। गत वर्षको पहिलो त्रैमासमा २० करोड ३० लाख ४१ हजार रुपैयाँ कमाएको बैंकको नाफा यसपटक १९ करोड ७६ लाख ३५ हजार रुपैयाँमा सीमित भएको हो।

महालक्ष्मी विकास बैंकले नाफामा २१.४९ प्रतिशतको सुधार गरेको छ। बैंकको खुद नाफा गत वर्षको ९ करोड ७५ लाख १२ हजार रुपैयाँबाट बढेर ११ करोड ८४ लाख ६७ हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा सांग्रिला डेभलपमेन्ट बैंकको नाफामा सबैभन्दा ठूलो गिरावट आएको छ। बैंकको नाफा ६२.०७ प्रतिशतले घटेर ३ करोड ३४ लाख ६१ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले ८ करोड ८२ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.