बिहीबार, बैशाख ३१,२०८३ 12:06:37
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 12:06:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नारायणी डेभलपमेन्ट बैंकको कमजोर वित्तीय अवस्था,घाटा २८४.०१% ले बढ्यो

Laxmi Sunrise Bank Limited
नारायणी डेभलपमेन्ट बैंकको कमजोर वित्तीय अवस्था,घाटा २८४.०१% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था कमजोर देखिएको छ । बैंकको घाटा २८४.०१ प्रतिशतले बढेको छ । बैंकले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको घाटा बढेको देखिएको हो ।  

अघिल्लो आवको दोस्रो त्रैमाससम्म १६ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको घाटा बढेर ६३ करोड ८६ लाख रुपैयाँ  पुगेको छ । यो अवधिमा बैंकको खूद कर्जा आम्दानी समेत घटेको छ । बैंकको खूद  कर्जा आम्दानीबापत २ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म बैंकको खूद ब्याज आम्दानी ३ करोड १३ लाख रुपैयाँ थियो ।  

 

Bizshala
New Office
CG Motors

बैंकको इम्पेयरमेन्ट चार्ज पनि बढेर ४ करोड ५६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोहि अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५३ लाख रुपैयाँ थियो ।  

बैंकको वितरणयोग्य मुनाफा ६ करोड ३८ लाख रुपैयाँले ऋणात्मक छ । बैंकको खराब कर्जा अनुपातमा व्यापक  वृद्धि देखिएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात २७.७५ प्रतिशत रहेको छ । जुन गन आर्थिक वर्षको सोहि अवधिसम्म २.८३ प्रतिशत थियो ।    

बैंकको प्रतिसेयर आम्दानी २४.३३ रुपैयाँ ऋणात्मक छ । यस्तै मूल्य आम्दानी अनुपात पनि १७.०३ गुणा ऋणात्मक देखिएको छ । 

बैंकको प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१६.८ रुपैयाँ,तरलता अनुपात २८.६५ प्रतिशत,प्रतिसेयर नेटवर्थ १५.४७ र पूँजीकोषको अनुपात ९.४६ प्रतिशत कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.