नारायणी डेभलपमेन्ट बैंकले ६.२१ लाख कित्ता अवितरित हकप्रद सेयर लिलामीमा राख्ने
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर ११ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमा राख्ने भएको छ । बैंकले गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म बिक्री खुला गरी आवेदन माग गरिएकोमा आवेदन नपरेको संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको १८ हजार ४४४ कित्ता गरी कुल ६ लाख २१ हजार ६०६ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।

