नारायणी डेभलपमेन्ट बैंकको नियमावली फेरिँदै, सीईओलाई अधिकतम दुई कार्यकाल
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कार्यकालसम्बन्धी व्यवस्था संशोधन गर्ने भएको छ। बैंकले आफ्नो नियमावलीलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया)सँग सामञ्जस्य कायम गर्ने उद्देश्यले नियमावलीका दुई महत्वपूर्ण व्यवस्था परिवर्तन गर्न लागेको हो। बैंकको सञ्चालक समितिको निर्णयअनुसार नियमावलीको नियम १२(ग) र...

