बिहीबार, श्रावण ७,२०८३ 07:31:23
Bizshala
  • बिहीबार, श्रावण ७,२०८३ 07:31:23
Bizshala
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट सञ्चालनमा आउने

नारायणी डेभलपमेन्ट बैंक अब नयाँ स्थान र भवनबाट सञ्चालनमा आउने
New Office

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड नयाँ स्थान र भवनबाट सञ्चालनमा आउने भएको छ । बैंकको केन्द्रिय कार्यालय भरतपुर महानगरपालिका–१० वाइपासरोडस्थित जिल्ला सहकारी सघं चितवनको आधुनिक नवनिर्मित भवनमा स्थानान्तरण हुन लागेको हो ।  

नवनिर्मित भवनमा स्थानान्तरण गर्नका लागि आवश्यक भौतिक पुर्वाधार समेत तयार भईसकेको र सोको लागि अन्य केही प्रशासनिक कार्य समाप्त भएपश्चात आगामी माघ महिनाभित्रमा बैंकको केन्द्रीय कार्यालय तथा हाल हाकिम चोकस्थित शाखा कार्यालय समेत एकै भवनबाट बैंकिङ सेवा उपलब्ध गराउने तयारी भईरहेको बैंकले जनाएको छ ।  

यो बैंक विसं २०५८ असोज १२ गतेदेखि केन्द्रीय कार्यालय रत्ननगर नगरपालिका–१, बकुलहर, टाँडीमा रही चितवन जिल्लालाई आधार बनाई चितवनको मुख्य–मुख्य पाँच स्थानमा (टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा) शाखा कार्यालयहरु खोली बैंकिङ कारोबार सञ्चालन गर्दै आइरहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.