काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत माघ १८ गतेदेखि फागुन ४ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ३ लाख ६ हजार ५९७ कित्ता सेयर फागुन १३ गते बाँडफाँड भएको हो ।
संस्थापक समूहको सेयरको कटअफ मूल्य १०५.५० रुपैयाँ रहेको छ । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी फागुत १५ गतेदेखि गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।