आईतवार, असार १४,२०८३ 07:54:56
Bizshala
  • आईतवार, असार १४,२०८३ 07:54:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा,के–के छन् अजेण्डामा ?

Laxmi Sunrise Bank Limited
नारायणी डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा,के–के छन् अजेण्डामा ?

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ  वार्षिक साधारण सभा डाकेको हो।  

बैठकले चितवनमा टाँडीमा रहेको होटल स्टार चितवनमा आगामी वैशाख १८ गते बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। बैंकको सञ्चालक समितिले गत आवका लागि कुनै प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेकाले उक्त सभामा लाभांशको अजेण्डा पेश हुने छैन ।  

सभामा बैंकको केन्द्रीय कार्यालय(रजिष्टर्ड कार्यालय)को ठेगाना परिवर्तन गर्ने,अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने,सञ्चालक समिति वा सञ्चालक समितिले तोकेका व्यक्तिलाई अख्तियारी दिन स्वीकृती दिने,सञ्चालकहरुको मनोनयन/निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा कुनै संशोधन गर्न नियमनकारी नियकाबाट निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यस्तै,आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गरिनेछ। लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरुमाथि छलफल गरि पारित गरिनुका साथै बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापक कम्पनी र गोबर ग्यास कम्पनीको आव २०७९/८० को वित्तीय विवरणसहितको एकिकृत वित्तीय विवरण स्वीकृत गरिनेछ ।  

सभामा आव २०८०/८१ को लागि महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तीको लागि परामर्श प्राप्त भएका लेखापरीक्षकलाई बैंकको लेखापरीक्षकमा नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.