शनिबार, फाल्गुन ९,२०८२ 02:02:12
Bizshala
  • शनिबार, फाल्गुन ९,२०८२ 02:02:12
Bizshala
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंकको घाटा ८०५% ले वृद्धि, खराब कर्जा अनुपात ५७.४८%

नारायणी डेभलपमेन्ट बैंकको घाटा ८०५% ले वृद्धि, खराब कर्जा अनुपात ५७.४८%
Shivam Cement

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंकको घाटा झनै फराकिलो भएको छ । चालु आवको दोस्रो त्रैमाससम्म बैंकको घाटा ८०८.२५ प्रतिशतले बढेको छ । बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको घाटा ४ करोड ७३ लाख पुगेको छ ।

अघिल्लो आवको् सोही अवधिसम्म भने बैंकको घाटा ५२ लाख १३ हजार मात्रै थियो ।  

यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत ४ करोड ७३ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकको इम्पेयरमेन्ट चार्ज १ करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै बैंकको खराब कर्जा अनुपातमा व्यापक वृद्धि देखिएको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ५७.४८ प्रतिशत रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिसम्म ४३.६९ प्रतिशत थियो ।

दोस्रो त्रैमाससम्म बैंकको रिटेन्ड अर्निङ ५० करोड १२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । रिजर्भको आकार २५ करोड २६ लाख रुपैयाँबाट घटेर १२ करोड ९ लाखमा सीमित बनेको छ ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको प्रतिसेयर आम्दानी ११.२० रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ३३.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४८.०७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३६.४२ गुणा ऋणात्मक र तरलता  अनुपात ७३.०५ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.