काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा फर्किएको छ । बैंकले असोज मसान्तसम्म २९ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंक २ करोड २१ लाख रुपैयाँ खुद घाटामा थियो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५७ लाख ७५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा खुद ब्याज आम्दानी १२ लाख ३० हजार रुपैयाँ ऋणात्मक थियो ।
बैंकको निक्षेप ५७ करोड ६९ लाख रुपैयाँ रहेको छ भने ग्राहकतर्फ प्रवाह भएको कर्जा १६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कर्जा १५ करोड ३७ लाख रुपैयाँ थियो ।
बैंकको खराब कर्जा अनुपात अझै उच्च छ । पहिलो त्रैमाससम्म कुल कर्जामा खराब कर्जाको अनुपात ४९.०१ प्रतिशत रहेको छ । यद्यपि अघिल्लो वर्षको ५७.०४ प्रतिशतको तुलनामा खराब कर्जा घटेको देखिन्छ ।
बैंकको पूँजी पर्याप्तता अनुपात ३०.६१ प्रतिशत रहेको छ । प्रतिशेयर आम्दानी ०.६६ रुपैयाँ कायम भएको छ । बैंकसँग वितरणयोग्य नाफा पनि २९ लाख ९६ हजार रुपैयाँ रहेको वित्तीय विवरणले देखाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।