आईतवार, कार्तिक १५,२०८३ 03:18:26
  • आईतवार, कार्तिक १५,२०८३ 03:18:26
Global IME Bank Limited

सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध आठ उजुरी

Bizshala
सर्वोच्चका चार प्रस्तावित न्यायाधीशविरुद्ध आठ उजुरी
New Office

 

काठमाण्डौ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा आठवटा उजुरी परेका छन्। समितिले कात्तिक ९ गते उजुरी आह्वान गरेपछि गत शुक्रबारसम्म उक्त संख्यामा उजुरी प्राप्त भएका हुन्।

प्रस्तावित न्यायाधीशहरूविरुद्ध उजुरी दिने म्याद कात्तिक १९ गतेसम्म छ। म्याद बाँकी रहेकाले थप उजुरी पर्न सक्ने अवस्था छ।

न्याय परिषद्को असोज २० गते बसेको बैठकले उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द तथा उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सिफारिसमा परेका सारू उच्च अदालत पाटनका न्यायाधीश हुन् भने पाण्डे सोही अदालतको हेटौंडा इजलासमा कार्यरत छन्। डाँगी यसअघि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत थिए।

प्राप्त उजुरी अध्ययन गरेपछि संसदीय सुनुवाइ समितिले प्रस्तावित चारै न्यायाधीशको कार्ययोजना सुन्नेछ। सुनुवाइबाट समितिले अनुमोदन गरेपछि उनीहरूको नियुक्तिको बाटो खुल्नेछ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.