मंगलवार, श्रावण १२,२०८३ 12:34:04
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 12:34:04
Bizshala
Global IME Bank Limited

मितेरी डेभलपमेन्ट बैंकमा तीनजना सञ्चालक निर्विरोध निर्वाचित, स्वतन्त्र सञ्चालक पनि नियुक्त

मितेरी डेभलपमेन्ट बैंकमा तीनजना सञ्चालक निर्विरोध निर्वाचित, स्वतन्त्र सञ्चालक पनि नियुक्त
New Office

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको सञ्चालक पदमा तीन जना निर्विरोध निर्वाचित भएका छन् । मंसिर ६ गते सम्पन्न बैंकको २० औं वार्षिक साधारण सभाबाट ३ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित हुनेमा शम्भु प्रसाद श्रेष्ठ, बन्दना वैद्य र सुमित कुमार अग्रवाल रहेका छन् । तीनै जना सञ्चालकको कार्यकाल ४ वर्षको हुनेछ ।

यस्तै बैंकको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा रमेश दाहाललाई नियुक्त गर्ने निर्णय गरेको छ । बैंठकले यसअघिका स्वतन्त्र सञ्चालक नेत्र प्रसाद दाहालको राजीनामा स्वीकृत गर्दै रमेश दाहाललाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.