काठमाण्डौ । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक मौद्रिक नीतिका लागि राय÷सुझाव माग गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले एक सूचना जारी गर्दै आगामी आवको मौद्रिक नीतिका लागि राय÷सुझाव माग गरेको हो ।
सरोकारवालाहरुले आगामी असार १६ गतेभित्र राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा फ्क्यास वा ई–मेलमा मौद्रिक नीतिका लागि आफ्नो सुझाव पेश गर्नु पर्नेछ ।