काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा खरिदबाट हुने तरलता प्रवाह व्यवस्थापनलाई थप प्रभावकारी बनाउने नीतिगत व्यवस्था गर्ने भएको छ।
मौद्रिक नीतिअनुसार विदेशी मुद्रा खरिदका कारण वित्तीय प्रणालीमा आउने अतिरिक्त तरलताको व्यवस्थापन सहज बनाउन वाणिज्य बैंकहरूलाई विदेशी सरकारी ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गरिनेछ। साथै, विदेशी मुद्रा खरिदकै आधारमा ‘स्टेरिलाइज्ड इन्टरभेन्सन’ गर्ने नीतिगत व्यवस्था पनि लागू गरिने भएको छ।
राष्ट्र बैंकको यो व्यवस्थाले विदेशी मुद्रा सञ्चितिको प्रभावकारी परिचालन, बैंकिङ प्रणालीमा तरलताको सन्तुलन कायम गर्न तथा मौद्रिक व्यवस्थापनलाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ ।

