काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाको आधारदर भन्नाले मुख्यतःसंस्थाको लागतको आधारमा गणना गरिएको दर भन्ने बुझिन्छ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधारदर अर्थात बेसरेट हो । यो दर गणना गर्दा संस्थाले निक्षेप जस्ता कोष प्राप्त गर्दा तिर्नुपर्ने लागत,राष्ट्र बैंकको नियमअनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात र तरलता कायम गरेबापत लाग्ने लागत र सञ्चालन लागतलाई समावेश गरी प्रतिशतमा गणना गरिन्छ ।
हाल बैंकको आधारदर बैंकको निम्नानुसार गणना गर्नुपर्ने व्यवस्था रहेको छः
आधारदरः कोष लागत +अनिवार्य मौज्दात लागत + वैधानिक तरलता लागत + सञ्चालन लागत(सबै प्रतिशतमा)
आधारदर प्रत्येक महिना घटबढ हुन्छ र सोको जानकारी पत्रपत्रिका तथा सम्बन्धित बैंकको वेवसाइटमार्फत लिन सकिन्छ ।
आधारदरमा बैंक तथा वित्तीय संस्थाले नाफा जोडेका हुन्छन् कि हुँदैनन् ?
हालको व्यवस्थाअनुसार आधारदर गणना गर्दा नाफा वा प्रतिफल जोडिएको हुँदैन ।