मंगलवार, आश्विन २७,२०८३ 03:49:11
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 03:49:11
Bizshala
Global IME Bank Limited

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीहरुको सेयरपूँजी घटाइने

Bizshala
समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीहरुको सेयरपूँजी घटाइने
New Office

काठमाण्डौ । समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीहरुको सेयरपूँजी घटाइने भएको छ । बैंकमा सेयर स्वामित्व भएका २५ जना संस्थापक सेयरधनी र १० जना साधारण सेयरधनीको सेयरपूँजी घटाइने भएको हो ।

नेपाल राष्ट्र बैंक ऐन,२०५८ को दफा ८६ ङ को उपदफा(१)को खण्ड(च)तथा खण्ड(ज) र दफा ८६ ज बमोजिम घटाई १ प्रतिशत कायम गरिने राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समितिले जनाएको छ ।

जसअनुसार २५ जना संस्थापक सेयरधनीहरुको हालको कित्ता संख्या २१ लाख ३६ हजार ६०.८४ कित्ताबाट घटि जम्मा २१ हजार ३६०.६१ कित्ता कायम हुनेछ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यस्तै १० जना साधारण सेयरधनीको कुल सेयर संख्या १२ हजार ६८४.९८ बाट घटेर १२६.८५ कित्ता कायम हुनेछ ।

नेपाल राष्ट्र बैंकको २०८१ पुस १० गतेको निर्णयानुसार कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरी बैंकको व्यवस्थापन तथा सञ्चालन नेपाल राष्ट्र बैंकबाट नियmुक्त व्यवस्थापन समूहबबाट भईरहेको छ । उक्त क्रममा सम्पत्ति तथा दायित्वको मूल्यांकन गर्दा बैंकको चुक्तापूँजी क्षय भएको, दायित्व सम्पत्तिले नखाम्ने देखिएको तथा केही सेयरधनीहरुबाट चुक्ता हुनुपर्ने सेयरपूँजी बापतको रकम अवैधानिक रुपमा चुक्ता भएको देखिएको हुँदा बैंकको पुनर्संरचना गर्ने क्रममा सम्बन्धित सेयरधनीहरुको सेयरपूँजी घटाउने निर्णय भएको व्यवस्थापन समूहले जनाएको छ ।        

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X