शुक्रबार, आश्विन २४,२०८२ 09:35:44
IME remit
  • शुक्रबार, आश्विन २४,२०८२ 09:35:45
IME remit
Global IME Bank Limited

अबदेखि क्यासिनोलाई भारतीय मूद्रासहित विदेशी मुद्रा कारोबारमा इजाजत लिनुपर्ने

Hyundai Nepal
अबदेखि क्यासिनोलाई भारतीय मूद्रासहित विदेशी मुद्रा कारोबारमा इजाजत लिनुपर्ने
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनोमा कारोबार गर्न भारतिय मुद्रासहित सबै खाले मुद्रा कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत लिनु पर्ने जनाएको छ । नेपाली बजारमा भारतीय रुपैयाँको सहज रुपमा कारोबार हुँदै आएको छ । तर राष्ट्र बैंकले क्यासिनोमा कारोबार गर्न भने इजाजत लिनु पर्ने प्राबधान गरेको छ ।  

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम राष्ट्र बैंकबाट इजाजतपत्र लिएर विदेशी विनिमयको कारोबार गर्नुपर्ने व्यवस्था विद्यमान रहेको छ । सोही व्यवस्था बमोजिम विदेशी विनिमयको इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा संस्थाहरूको प्रकृति अनुसार राष्ट्र बैंकले विभिन्न विनियमावलीहरू समेत जारी गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

क्यासिनोलाई विदेशी विनिमयको कारोबार गर्न इजाजतपत्र प्रदान गर्ने सम्बन्धमा ‘नेपाल राष्ट्र बैंक विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७’ को परिच्छेद ४ मा व्यवस्था गरिएको छ । अतः ऐनको उल्लिखित व्यवस्था बमोजिम क्यासिनो लगायतका संस्थाहरूले राष्ट्र बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत) को कारोबार गर्न÷ गराउन विदेशी विनिमय (नियमित गर्ने( ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.