Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 02:44:31
Bizshala
Global IME Bank Limited

राष्ट्रबैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य बढायो, सबैभन्दा महङ्गो कुन ?

राष्ट्रबैंकले स्मारिका सिक्का र मेडालियनको मूल्य बढायो, सबैभन्दा महङ्गो कुन ?
New Office

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले स्मारिका सिक्का तथा मेडालियनको बिक्री मूल्य बढाएको छ ।  

मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले एक सूचना प्रकाशित गरी स्मारिका सिक्का तथा मेडालियनको सुनचाँदी तथा अन्य धातु खरीद, टकमरी र बिक्री सम्बन्धी कार्यविधि २०७५ को दफा १२(घ) बमोजिम पुनरमूल्यांकन गरी नयाँ बिक्री मूल्य कायम गरिएको प्रष्ट पारेको छ । 

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

पछिल्लो समय सुनचाँदी लगायत महंगा धातुको मूल्य लगातार बृद्धि भइरहेका कारण राष्ट्रबैंकको टक्सार महाशाखाले बिक्री गर्ने स्मारिका सिक्का तथा मेडालियनको मूल्य बढेको  हो ।  

विभिन्न खालका मेडालियन तथा सिक्काको मूल्य न्यूनतम २०० देखि अधिकतम ७०० रुपैयाँसम्मले बढाइएको छ ।  

सबैभन्दा बढी मूल्य बढाइएको स्मारिका सिक्कामा ३५ ग्राम तौलको राष्टबैंक स्वर्ण वर्ष तथा रोटरी १०० वर्षको अवसरमा निर्माण गरिएको सिक्का रहेका छन् । 

यी दुवै खालका स्मारिका सिक्काको साबिकको मूल्य ७००० रहेकोमा अब बढेर ७ हजार ७०० पुगेको छ ।  

सबैभन्दा कम १० ग्रामको लक्ष्मी मेडालियन, गणेश मेडालियन तथा गजलक्ष्मी मेडालियनको मूल्य बढेको छ । साबिकमा यी मेडालियनको बिक्री मूल्य १८०० रुपैयाँ रहेकोमा बढेर २००० पुगेको हो ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.