आईतवार, असार १५,२०८२ 05:14:54
  • आईतवार, असार १५,२०८२ 05:14:54
Global IME Bank Limited

राष्ट्र बैंकले गर्‍यो एक वर्षमा ३ हजार बढी वित्तीय गुनासा समाधान, सबैभन्दा धेरै कर्जासम्बन्धी गुनासो दर्ता

Hyundai Nepal
राष्ट्र बैंकले गर्‍यो एक वर्षमा ३ हजार बढी वित्तीय गुनासा समाधान, सबैभन्दा धेरै कर्जासम्बन्धी गुनासो दर्ता
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत वर्ष वित्तीय ग्राहकबाट प्राप्त भएका ३ हजार भन्दा बढी गुनासाहरु समाधान गरेको छ । राष्ट्र बैंकले गत वर्षको वैशाखदेखि चैतसम्म वित्तीय ग्राहकबाट प्राप्त ३ हजार ७३ वटा गुनासाहरु समाधान गरेको जनाएको छ ।  

केन्द्रीय बैंकले समाधान गरेका कुल गुनासामा सबैभन्दा धेरै अनलाइन पोर्टलबाट प्राप्त भएका गुनासा रहेका छन् । बैंकले अनलाइन पोर्टलबाट प्राप्त ७४ प्रतिशत अर्थात २ हजार २७६ गुनासा समाधान गरेको छ ।  

यस्तै समाधान भएका कुल गुनासामा टेलिफोन,इमेल हर हेलो सरकारबाट प्राप्त १६ प्रतिशत र लिखित निवेदन १० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष धेरैजसो गुनासो कर्जा, कर्जाको ब्याजदर,कालोसूची र विद्युतीय भुक्तानीसम्बन्धी प्राप्त भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

राष्ट्र बैंकको वित्तीय ग्राहक संरक्षण इकाईले अनलाइन पोर्टल,टेलिफोन,इमेल,हेलो सरकारका साथे लिखित निवेदन र कार्यालयमै आएर दर्ता गराएका निवेदनमार्फत ग्राहकहरुको गुनासो र विभिन्न समस्या,प्रश्न,जिज्ञाशा र सुझाव आदि प्राप्त गर्ने गर्छ र सोहिबमोजिम समाधान र कार्यान्वयनका लागि पहल समेत गर्ने गर्छ ।  

राष्ट्र बैंकले वित्तीय संस्थाको कामकारवाही सम्बन्धी कुनै गुनासो भए संस्थागत माध्यमबाट समाधानका लागि समयमै पहल गर्न आह्वान गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.