बिहीबार, असार ११,२०८३ 02:26:44
Bizshala
  • बिहीबार, असार ११,२०८३ 02:26:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पुँजीकोष कायम नगर्ने बैंक वित्तीय संस्थालाई लाभांश वितरणमा रोक

Laxmi Sunrise Bank Limited
पुँजीकोष कायम नगर्ने बैंक वित्तीय संस्थालाई लाभांश वितरणमा रोक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लाभांश स्वीकृत गर्ने सम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ । जसबमोजिम राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात कायम नगर्ने बैंक तथा वित्तीय संस्थाले कुनै खालको लाभांश बाँड्न नपाउने भएको छ ।  

इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम निम्न अवस्था पुरा गरेमा मात्रै बोनस तथा नगद लाभांश घोषणा गर्न वा वितरण गर्न स्वीकृति दिने राष्ट्र बैंकले जनाएको छ ।  

जसमा बैंक तथा वित्तीय संस्थाले सम्पूर्ण प्रारम्भिक खर्च अपलेखन गरेको, अघिल्लो वर्षसम्म हुन गएको नोक्सानी बाँकि नरहेको, तोकिएको पुँजी कायम गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको, सम्भावित नोक्सानी व्यवस्थामा छुट्याउनुपर्ने रकम छुट्याएको, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ कोदफा ४४ बमोजिम साधारण जगेडा कोषमा विनियोजन गरेको र सर्वसाधारणलाई छुट्याइएको शेयर पूर्ण रुपमा बिक्री बितरण गरेको हुनुपर्नेछ ।  

New Office
CG Motors
Garima Development Bank

यसका साथै सेयर प्रिमियम तथा बार्गेन पर्चेच गेनको रकमबाट नगद लाभांश घोषणा एवं वितरण गर्न स्वीकृति नदिने राष्ट्र बैंकले जनाएको छ ।  

त्यस्तै, कुनै एक बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयरमा लगानी गर्दा चुक्ता पुँजीको बढीमा १५ प्रतिशत र अन्य बैंक तथा वित्तीय संस्थाहरुमा चुक्ता पुँजीको बढीमा १ प्रतिशतसम्म मात्र लगानी गर्न सकिने र “घ” वर्गको संस्थाको हकमा उपर्युक्त बमोजिमको सीमालाई क्रमशः २५ प्रतिशत र १० प्रतिशत लगानी गर्न सकिने विद्यमान व्यवस्था भन्दा बढी हुनेगरी संस्थापक शेयर धारण गर्ने संस्थापक शेयरधनीहरुलाई तोकिएको सीमा कायम नगरे सम्म प्रस्तावित नगद लाभांश तथा वोनश शेयर वितरण रोक्का राख्न लगाउने राष्ट्र बैंकले जनाएको छ ।  

साथै, राष्ट्र बैंकका अनुसार वित्तीय मध्यस्थता कारोबार गर्ने गैर सरकारी संस्थाबाट रुपान्तरण भएका संस्थाको हकमा लघुवित्त वित्तीय संस्थाले वित्तीय कारोबार सुरु गरेको मितिले ५ वर्ष पुरा भए पश्चात पनि तोकिएको सीमा कायम नगरे त्यस्ता संस्थाले पाउने नगद लाभांश तथा बोनस शेयर वितरण रोक्का राख्न लगाउनेछ ।

राष्ट्र बैंकको लाभांश वितरण सम्बन्धी कार्यविधिमा बैंक तथा वित्तीय संस्थाहरुले अन्य इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरुमा गरेका संस्थापक शेयर लगानी (क्रस होल्डिङ)बिक्री नगरेसम्म त्यस्तो संस्थाले पाउने नगद लाभांश तथा बोनस शेयर लाभांश वितरण रोक्का राख्ने पनि समेटिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.