काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १६ अर्ब रुपैयाँले घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ २८ गते बैंकिङ प्रणालीबाट १६ अर्ब रुपैयाँ बाहिरिएको हो । जेठ २७ गते ६२ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा जेठ २८ गतेसम्म भने ६१ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।
कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५५ खर्ब १५ अर्ब रुपैयाँ रहेको छ । जेठ २७ गते दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५५ खर्ब ३० अर्ब रहेको थियो । यसरी वाणिज्य बैंकहरुको निक्षेप पनि एक दिनको अन्तरालमा १५ अर्बले घटेको छ ।
यस्तै अन्य वित्तीय संस्थाको निक्षेप पनि १ अर्बले घट्दै ७ खर्ब १६ अर्ब रुपैयाँमा सीमित बनेको छ ।
बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह भने स्थिर रहेको छ । जेठ २७ गते ५१ खर्ब ३३ अर्ब रहेको कर्जा प्रवाह जेठ २८ गतेमा पनि ५१ खर्ब ३३ अर्ब नै रहेको छ । बैंकिङ प्रणालीको निक्षेप घटेसँगै सीडी रेसियो ८०.०१ प्रतिशतबाट बढेर ८०.२० प्रतिशत पुगेको छ । बैंकहरुको अन्तर बैंक ब्याजदर पनि २.९४ प्रतिशतबाट बढेर २.९५ प्रतिशत पुगेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .png) 
                                        (236).jpg) 
                                        .jpg) 
                                        (1)(2)(3).png) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                