काठमाण्डौ । राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ ।
बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको हो ।
यो कार्यदलमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दहाल सदस्य एवम् नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहेका छन् ।
कार्यदलले २०८२ असार २४ गते आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएकोमा असार ३० गते(सोमबार) अन्तिम प्रतिवेदन बुझाएको हो ।
कार्यदलले बुझाएको प्रारम्भिक प्रतिवेदनलाई समेत आधार बनाएर गभर्नर डा. पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति प्रस्तुत गरिसकेका छन् ।