बुधबार, जेष्ठ ७,२०८२ 02:36:35
IME remit
  • बुधबार, जेष्ठ ७,२०८२ 02:36:35
IME remit
Global IME Bank Limited

छिमेकी नै खुशी छैनन् विश्व पौडेल गभर्नर बनेकोमा, ‘मौद्रिक ज्ञान छैन, मुलुकलाई ब्ल्याकलिस्टमा पार्ने भए !’

Hyundai Nepal
छिमेकी नै खुशी छैनन् विश्व पौडेल गभर्नर बनेकोमा, ‘मौद्रिक ज्ञान छैन, मुलुकलाई ब्ल्याकलिस्टमा पार्ने भए !’
Nabil Bank Limited

काठमाण्डौ । गत संसदीय निर्वाचनमा आफ्नो क्षेत्रमा कांग्रेसको तर्फबाट उम्मेद्वार रहेका डा. विश्व पौडेल नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्त भएकोमा चितवनको रत्ननगरका बासिन्दा खुशी हुनुको साटो दुःखी र आक्रोशित देखिएका छन् ।  

डा. पौडेलको घर चितवन जिल्लाको रत्ननगर नगरपालिका १५, स्कूलचोकमा छ । यो क्षेत्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ, जसमा रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र राप्ति नगरपालिका समावेश छन् । 

CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच डा. पौडेललाई राष्ट्रबैंकको गभर्नर बनाउने सहमति भएको खबर बाहिरिएदेखि नै उनको निर्वाचन क्षेत्रमा विभिन्न खालका बहसहरु भइरहेका थिए । गभर्नर नै नियुक्त भइसकेपछि त्यसमा थप तीव्रता आएको स्थानीयले बताएका छन् ।  

बिजशालासँग टेलिफोन सम्पर्कमा आएका डा. पौडेलका केही छिमेकीहरुले उनको नेतृत्व क्षमता र भाँडभैलोको अवस्थामा रहेको केन्द्रीय बैंकको टिमलाई मिलाएर लैजानसक्ने सन्तुलित क्षमताप्रति समेत आशंका गरेका छन् ।  

'पहिलो कुरा त विश्व पौडेल मौद्रिक नीति बुझेका व्यक्ति होइनन् । राष्ट्रबैंक ऐन २०५८ मा तोकिएअनुसारको लामो कार्यानुभव भएका व्यक्ति पनि होइनन् ।' रत्ननगरका स्थानीय बुद्धिजीवी गोविन्द अधिकारीले भने-'कृषिमा पिएचडी गरेको मान्छेले समस्यामा परेको अर्थतन्त्रलाई उकास्न सहयोग गर्ने मौद्रिक नीति बनाउनसक्छ भन्ने कुरा कसरी विश्वास गर्ने ? उनी ठूलो महत्वकांक्षा राख्ने व्यक्ति मात्र हुन्, बाँकी कुरा त्यस्तै उस्तै हो।'  

अर्का स्थानीय दीपेन्द्र श्रेष्ठले त ग्रेलिस्टमा परेको नेपालको अर्थतन्त्रलाई डा. पौडेल नेतृत्वले उकास्नुको साटो ब्ल्याकलिस्टमा पुर्याउनेसम्मको ठोकुवा गरेका छन् । 'तपाई पत्रकारहरुले पनि हेर्दै गर्नुहोला, मेरो नाम र आजको मिति टिपेर राख्नुहोला । एफटिटिएचको ग्रेलिस्टबाट मुलुक बाहिर निकाल्न उनको कार्यकालमा गाह्रो छ ।'-श्रेष्ठले दाबी गर्दै भने ।  

Muktinath Bikas Bank Limited

डा. पौडेलका अन्य छिमेकी तथा साँध जोडिएकाहरु त उनको विगतको व्यवहारबाट झनै दिक्क र आक्रोशित देखिए । एक छिमेकीले टेलिफोन सम्वादमा भनेका छन्सां-'सदको उम्मेद्वार हुँदा त साँध नै जोडिएका हामी छिमेकीसँग नबोल्ने, नखुल्ने र घुलमिल नगर्ने एकलकाटे स्वभावका विश्वले सबै पक्षलाई कसरी मिलाउलान् र ख्वै ? उनी रत्ननगरकै घरमा पनि चार कम्पाउण्ड घेरेर मुख्य गेटमा कुकुर राखी छिमेकीसँग सम्पर्कविच्छेद भई बस्ने एकाङ्की स्वभावका व्यक्ति हुन् ।'  

उनकै अर्का छिमेकी ५१ वर्षीय नरेन्द्र आमगाईं चुनावी दृश्यहरु सम्झिँदै भन्छन्-'विश्व(उनी) राजनीतिक दलको मात्र होइन, कुनै पनि संगठनको नेतृत्व गर्नसक्ने क्षमता भएका व्यक्ति हुन् जस्तो लाग्दैन । चुनावमै पनि आफ्ना मतदाता र साँध जोडिएका छिमेकीसँग हतपत नबोल्ने, सबै कुरामा आफूलाई मात्र अजासू ठान्ने व्यवहारका कारण उनको आफ्नै  क्षेत्रमा राम्रो पीआर छैन।' 

डा.पौडेललाई चुनावमा पराजय गरी संघीय संसद सदस्य निर्वाचित भएका रास्वपाका हरि ढकालले समेत गलत पात्रलाई सरकारले गभर्नर बनाएको टिप्पणी गरे । 'गभर्नर पदको गरिमाको धज्जी उडाउने काम भयो । यो गलत छ ।' ढकालले संक्षिप्त प्रतिक्रिया दिंदै बिजशालासँग भने-'मुलुक एफटिटिएचको ग्रे लिस्टमा परेको र अर्थतन्त्र संकुचनमा भएको सम्वेदनशील अवस्थामा मौद्रिक विज्ञलाई नै केन्द्रीय बैंकको नेतृत्व सुम्पिएको भए राम्रो हुन्थ्यो । राजनीतिक दलको कार्यकर्ता र चुनाव नै लडेको व्यक्तिलाई भागबण्डा मिलाउन जसरी सम्वेदनशील निकायको नेतृत्वमा ल्याइएको छ, यसले राम्रो संकेत गर्दैन ।'  

कतिपयले केही समयअघि आफैं गभर्नर सिफारिस समितिको सदस्य बसेको व्यक्ति 'पदलोलुप' भएकोमा आश्चर्य प्रकट गरेका छन् । 'पढेलेखेका उनले न्यूनतम नैतिकता चाहिँ राख्छन् जस्तो लाग्थ्यो । तर यथार्थ त्यस्तो होइन रहेछ ।' डा. पौडेललाई जिताउन गत निर्वाचनमा रुख चिन्हमा भोट खसालेका राप्ति नगरपालिका वडानम्बर ९ का सामाजिक अभियन्ता कान्छाराम भूजेलले भने-'यो त बुहारी खोज्न गएको बाउ आफैं केटी मन परेपछि जग्गेमा बसेको जस्तो भयो । भागबण्डा र पदलोलुपको नाममा यस्तो भद्दा मजाक नगरेको भए हुन्थ्यो ।'  

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.