सोमबार, भाद्र २२,२०८३ 06:34:57
Bizshala
  • सोमबार, भाद्र २२,२०८३ 06:34:57
Bizshala
Global IME Bank Limited

भोलि सार्वजनिक बिदामा पनि बैंक खुल्ने, अत्यावश्यक सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

भोलि सार्वजनिक बिदामा पनि बैंक खुल्ने, अत्यावश्यक सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन
New Office

काठमाण्डौ । गत वर्ष भएको ‘जेन–जी आन्दोलन’को स्मृतिमा सरकारले मंगलबार सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्थाले अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन्।

नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै इजाजतपत्रप्राप्त ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थालाई भदौ २३ गते अत्यावश्यक बैंकिङ सेवा सुचारु हुने व्यवस्था मिलाउन निर्देशन दिएको हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

रसुवालगायत विभिन्न जिल्लामा आएको प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई राहत वितरण तथा उद्धार कार्यमा सहयोग पुर्‍याउन बैंकिङ सेवा सञ्चालन गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

राहत रकमको निकासा, भुक्तानी, नगद व्यवस्थापन तथा उद्धारसँग सम्बन्धित वित्तीय कारोबार सार्वजनिक बिदाका कारण प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सञ्चालन हुने शाखा तथा उपलब्ध सेवाबारे उपयुक्त माध्यमबाट सरोकारवालालाई जानकारी गराउनसमेत निर्देशन दिएको छ।

यससँगै सार्वजनिक बिदा भए पनि राहत तथा उद्धार कार्यसँग सम्बन्धित अत्यावश्यक वित्तीय कारोबारका लागि बैंकिङ सेवा उपलब्ध हुने भएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.