सोमबार, श्रावण ४,२०८३ 08:55:01
Bizshala
  • सोमबार, श्रावण ४,२०८३ 08:55:01
Bizshala
Global IME Bank Limited

राष्ट्र बैंकको कारवाहीमा परे यी दुई वाणिज्य बैंक, यस्तो छ कारण

राष्ट्र बैंकको कारवाहीमा परे यी दुई वाणिज्य बैंक, यस्तो छ कारण
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नियामकिय व्यवस्थाको पालना नगर्ने दुईवटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । केन्द्रीय बैंकको सुपरिवेक्षण विभागले चालु आवको पहिलो त्रैमासमा कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारवाहीको दायरामा ल्याएको हो ।  

कुमारी बैंक  

राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. १२÷०८१ को बुँदा नं. ९ को उपबुँदा नं. २ (ङ) (५) मा उल्लेखित व्यवस्था “कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ्ग कारोबार गर्न पाउने छैन ।” को अनुपालना नगरेकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) को व्यवस्था कुमारी बैंकलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।  

प्राइम कमर्सियल बैंक लिमिटेड  

निरीक्षणका क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशननं. २/०८१ को बुँदा नं. १ (ख) बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा नं. ९ को उपबुँदा नं. (१) बमोजिम केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना गर्दा राष्ट्र बैंकबाट जारी क्यापिटल एडुक्युसी फे्रमवर्क २०१५ बमोजिम जोखिम भार गणना गरेको नपाइएको हुँदा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन,२०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले उल्लेख गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.