बुधबार, असार १८,२०८२ 05:51:46
  • बुधबार, असार १८,२०८२ 05:51:46
Global IME Bank Limited

मुद्दती निक्षेपमा रु.४.३० अर्ब लगानी गर्दै राष्ट्र बैंक

Hyundai Nepal
मुद्दती निक्षेपमा रु.४.३० अर्ब लगानी गर्दै राष्ट्र बैंक
Nabil Bank Limited

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको १८७ दिने निक्षेपमा ४ अर्ब ३० करोड रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले यो रकम २०८१ वैशाख ११ गतेदेखि २०८१ कात्तिक १० गते गतेसम्म (६ महिना)  अर्थात १८७ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  

बैंकले  ‘क’ वर्गका वाणिज्य बैङ्कमा ३ अर्ब ४४ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैङ्कहरूमा ६४ करोड ५० लाख र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा २१ करोड ५० लाख रुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ ।  

इच्छुक बैङ्क तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी वैशाख ४ गतेभित्र ब्याजदर सम्बन्धि प्रस्ताव पेस गनुपर्ने राष्ट्र बेंकले जनाएको छ ।

मुद्दती निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, बैङ्कबाट तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने छ ।

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनु पर्नेछ ।

लगानी गरिने संस्थाको कुनै पनि सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालकलाई राष्ट्र बैङ्कले जरिवाना गरिएका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा कार्यकारी सञ्चालक उक्त संस्थामा कायम नरहेको हुनुपर्ने छ ।

शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेछ । बैङ्क तथा वित्तीय संस्था नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ८६ बमोजिमको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.