मंगलवार, असार १७,२०८२ 10:34:16
  • मंगलवार, असार १७,२०८२ 10:34:16
Global IME Bank Limited

वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५% ले वृद्धि,तरल दायित्व पनि ११.६%ले बढ्यो

Hyundai Nepal
वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५% ले वृद्धि,तरल दायित्व पनि ११.६%ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले जारी गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय क्षेत्र सर्वेक्षणमा यस्तो देखिएको हो ।  

सर्वेक्षणअनुसार २०८० असार मसान्तसम्म वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । जुन २०७९ असार मसान्तको तुलनामा २४.५ प्रतिशतले बढी  हो । २०७९ असार मसान्तसम्म वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति ११ खर्ब ४९ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै वित्तीय क्षेत्रको आन्तरिक दाबी ८.६ प्रतिशतले वृद्धि भई गत असार मसान्तसम्म ६८ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दाबी २०७९ असार मसान्तसम्म ६३ खर्ब ५ अर्ब,२०७८ असार मसान्तसम्म ५४ खर्ब ५३ अर्ब र २०७७ असार मसान्तसम्म ४३ खर्ब २९ अर्ब रुपैयाँ थियो ।  

वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी ३५.८ प्रतिशतले वृद्धि भई १० खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक गैर वित्तीय संस्थामाथिको दाबी ३२ अर्ब ४४ करोड रहेको छ ।  

त्यस्तै निजी क्षेत्रमाथिको दाबी ५ प्रतिशतले वृद्धि भई ५९ खर्ब ९४ अर्ब पुगेको छ ।  

वित्तीय क्षेत्रको तरल दायित्व ११.६ प्रतिशतले वृद्धि भएको छ । २०७९ असार मसान्तसम्म ४८ खर्ब १८ अर्ब तरल दायित्व रहेकोमा २०८० असार मसान्तसम्म भने ५३ खर्ब ९८ अर्ब पुगेको छ । वित्तीय क्षेत्रको माग निक्षेप दायित्व ०.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ११ अर्ब पुगेको छ ।  

अन्य निक्षेप दायित्व पनि १४.३ प्रतिशतले बढेर ४४ खर्ब ५८ अर्ब पुगेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.