मंगलवार, श्रावण ५,२०८३ 03:09:44
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:09:45
Bizshala
Global IME Bank Limited

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले २०८१ सालमा कति दिन पाउँछन् बिदा ?

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले २०८१ सालमा कति दिन पाउँछन् बिदा ?
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वि.स २०८१ का लागि प्रदान गरिने सार्वजनिक बिदाको सूचीक सार्वजनिक गरेको छ । बैंकले मानव संशाधन व्यवस्थापन विभागले आगामी वर्षका लागि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई प्रदान गरिने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको हो ।  

बैंकले २०८१ सालका जम्मा ४६ दिन बिदा दिने निर्णय गरेको छ ।  

जसअनुसार केन्द्रीय बैंकले नयाँ वर्ष,राम नवमी,विश्व मजदुर दिवस,बुद्ध जयन्ती,गणतन्त्र दिवस,रक्षाबन्धन,गाईजात्रा(नेपालभरका नेवार समूदाय),श्रीकृष्ण जन्माष्ठमी(गौरा मान्नेका लागि गौराका लागि),हरितालिका तीज(महिला कर्मचारीका लागि),इन्द्र जात्रा,संविधान दिवस,जितिया पर्व(जितिया मनाउने महिला कर्मचारीका लागि) दशै र तिहारमा ५/५ दिन,छठ,फाल्गुनानन्द जयन्ती(किरात धर्मावलम्बी काल लागि),गुरु नानक जयन्ती(सिख धर्मावलम्बीका लागि),फरक क्षमता भएको कर्मचारीका लागि विश्व दिवस र उधौली तथा योमरी पर्वका लागि बिदा दिने निर्णय गरेको छ ।  

यस्तै क्रिस्मस डे,तमु ल्योसार,पृथ्वी जयन्ती,माघि पर्व,शहिद दिवस,सोनाम ल्योसार,प्रजातन्त्र दिवस,महाशिवरात्री,ग्याल्पो ल्योसार,अन्राष्ट्रि महिला दिवस,फागु पूर्णिमा(स्थान विशेष),घोडे जात्रा,इन्द्र जात्रा,इद,बकर इद,सिरुवा पावनी पर्व र मोहमद जयन्ती(मुश्लिम धर्मावलम्बीका लागि)का लागि बिदा दिने निर्णय गरेको छ ।  

यस्तै राष्ट्र बैंकले कार्यालय समय पनि निर्धारण गरेको छ । बैंकले वैशाख १  गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत ३१ गतेसम्म बिहान १० बजेदेखि साझ ५ बजेसम्म कार्यालय समय तोकेको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० देखि दिउसो ४ बजेसम्मको कार्यालय समय निर्धारण गरिएको छ । तर प्रत्येक शुक्रबारका लागि भने बिहान १० देखि १.३० बजेसम्मको कार्यालय समय तोकिएको छ ।  

बैंकिङ समय  भने वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत ३१ गतेसम्म बिहान १० देखि दिउसो ४ बजेसम्म बैंकिङ समय तोकेको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बिहान १० बजेदेखि दिउसो ३ बजेसम्म बैंकिङ समय निर्धारण गरिएको छ ।  

तर प्रत्येक शुक्रबार भने बिहान १० बजेदेखि दिउसो १२.३० बजेसम्मको समय तोकेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.