आईतवार, कार्तिक १,२०८३ 01:52:43
  • आईतवार, कार्तिक १,२०८३ 01:52:43
Global IME Bank Limited

कहिले आउँदैछ मौद्रिक नीति ? के आउँदैछ नयाँ ?

Bizshala
कहिले आउँदैछ मौद्रिक नीति ? के आउँदैछ नयाँ ?
New Office

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आगामी आर्थिक वर्षका लागि यही साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।  

राष्ट्रबैंकको सञ्चालक समितिका एक सदस्यका अनुसार व्यवस्थापनले तयार गरेको मौद्रिक नीतिको विषयमा छलफल गरी आवश्यक संसोधनसहित पारित गर्ने उद्देश्यले यही साताको कुनै दिन बैठक बोलाइने खबरहरु प्राप्त भइरहेका छन् । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

बैंकका केही उच्च अधिकारीहरुसँग बुझ्दा उनीहरुले पनि यही साताभित्र मौद्रिक नीति सार्वजनिक हुनसक्ने अड्कल गरेका छन् । 'तयारी हेर्दा यही साताभित्र आउनेजस्तो देखिन्छ ।' एक उच्च अधिकारीले भने-'तर बोर्ड नबोलाइएसम्म यसै भन्न सकिन्न । बोर्डले पारित गरेन भने पनि मौद्रिक नीति अनुमान गरिएकै समयभित्र नआउनसक्छ ।'  

राष्ट्रबैंकका प्रवक्ता गुरु पौडेलले मौद्रिक नीति कुन दिन सार्वजनिक गर्ने भन्ने ठ्याक्कै मिति तय नभइसकेको प्रष्ट पारे ।  

राष्ट्रबैंकका गभर्नर विश्व पौडेलले यसपटकको मौद्रिक नीतिलाई विशेष बनाउन खोजेका छन् । यसअघिका मौद्रिक नीतिहरुले धेरैजसो नियामकीय व्यवस्थाहरुमा फोकस हुने र बजारका धेरै मागहरुमा भद्रगोल शैलीमा केन्द्रीत हुने गर्दा अपेक्षा धेरै भएको विश्लेषणसहित उनले मौद्रिक नीतिमा कोर्स करेक्सन गर्न खोजिरहेका छन् । सञ्चालक समितिबाट त्यसमा साथ भयो भने यसपटकको मौद्रिक नीतिको स्वरुप नै परिवर्तन हुनसक्ने सम्भावना रहेको स्रोतहरु बताउँछन् । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

एक सञ्चालकका अनुसार मौद्रिक नीतिले सरकारले बजेट, नीति तथा कार्यक्रमबाट तय गरेको आर्थिक वृद्धिदरलाई सपोर्ट हुने गरी नीतिहरु ल्याउनेछ । सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउने तथा कमजोर मनोबलले प्रभावित निजी क्षेत्रको उत्साहमा उर्जा थप्ने गरी समेत कतिपय नीतिहरु आउँदैछन् । मौद्रिक नीतिले सेयर बजारमा पर्नसक्ने प्रभावहरुमा समेत विश्लेषण गरी सकेसम्म सहजीकरणको बाटो लिने समेत ती सञ्चालकको भनाई छ । 'मौद्रिक नीतिमार्फत सेयर बजारका लागि आवश्यक बुस्टर नीति ल्याउने कुरामा केन्द्रीय बैंक यसपटक चुक्दैन ।'-ती सञ्चालकले दाबीका साथ भने ।  

यसपटकको मौद्रिक नीतिबाट वित्तीय पारदर्शिता तथा अनुशासन कायम गराउने विषयमा समेत विशेष नीतिगत व्यवस्था तथा केही सरप्राइज घोषणाहरु समेत हुने अपेक्षा गरिएको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.