आईतवार, श्रावण ३,२०८३ 06:46:00
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 06:46:00
Bizshala
Global IME Bank Limited

मुद्दती निक्षेपमा २.६० अर्ब लगानी गर्दै राष्ट्र बैंक

मुद्दती निक्षेपमा २.६० अर्ब लगानी गर्दै राष्ट्र बैंक
New Office

काठमाण्डौ  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा २ अर्ब ६० करोड रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले यो रकम २०२५ नोभेम्बर ९ देखि २०२६ नोभेम्बर ९ सम्म अर्थात ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

बैंकले  ‘क’ वर्गका वाणिज्य बैंकमा २ अर्ब ८ करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरूमा ३९ करोड र ‘ग’ वर्गका वित्त कम्पनीहरूमा १३ करोड रुपैयाँ लगानी गर्न बोलपत्र आह्वान गरेको छ ।  

इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदरसमेत उल्लेख गरी कात्तिक १८ गतेभित्र ब्याजदर सम्बन्धी प्रस्ताव पेस गनुपर्ने राष्ट्र बेंकले जनाएको छ ।

मुद्दती निक्षेप लिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको तथा निष्क्रिय कर्जा कुल कर्जा सापटको ८ प्रतिशतभन्दा कम भएको हुनुपर्ने छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.