मंगलवार, श्रावण ५,२०८३ 03:18:09
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 03:18:09
Bizshala
Global IME Bank Limited

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकले शुक्रबार बिहान बोलायो बोर्ड बैठक

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकले शुक्रबार बिहान बोलायो बोर्ड बैठक
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति पारित गर्ने उदेश्यले शुक्रबार बिहान ८ बजे सञ्चाालक समितिको बैठक बोलाएको छ । एक सञ्चालका अनुसार मौद्रिक नीतिका  विषयमा छलफल गर्ने अजेण्डा पठाई बिहान ८ बजेका लागि केन्द्रीय बैंकमै बैठक बोलाइएको हो ।  

राष्ट्र बैंकको उच्च व्यवस्थापनले अनुसन्धान विभागबाट तयार गरिएको मौद्रिक नीतिको मस्यौदालाई आजनै फाइनल गरिसकेको छ । सोहि मस्यौदा भोलिको सञ्चालक समितिको बैठकमा प्रस्तुत गरिने र सञ्चालकहरुको तर्फबाट कुनै संशोधन वा थपघट भए मिलाएर सोही बैठकले मौद्रिक नीति पारित गर्नेछ । 

त्यस लगत्तै राष्ट बैंकले मौद्रिक नीति सार्वजनिक गर्नेछ । बिजशालासँग कुरा गर्दै राष्ट्र बैंकका सञ्चालकले मौद्रिक नीति लचिलो ल्याउनुपर्ने बाध्यता दर्शाए । उनले भने‘लगानीयोग्य रकम बैंकमा थुप्रिएको छ । ब्याजदर निरन्तर घट्दा पनि कर्जा लिने मानिस छैनन् । यी सबै विषयलाई हेरेर लचिलो मौद्रिक नीति ल्याउनुको विकल्प छैन । राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउने गरी नीतिगत व्यवस्थाहरु गर्नेछ ।’  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.