बिहीबार, मंसिर ६,२०८१ 08:48:35
IME remit
  • बिहीबार, मंसिर ६,२०८१ 08:48:35
IME remit
Global IME Bank Limited

समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि पुनःदरखास्त आह्वान

Hyundai Nepal
समस्याग्रस्त सेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि पुनःदरखास्त आह्वान
Nabil Bank Limited

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजकका लागि दोस्रोपटक दरखास्त आह्वान गरेको छ ।  

नेपाल राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले आज एक सूचना जारी गर्दै समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि दुईजना व्यक्ति सम्मिलित व्यवस्थापन समूहको संयोजकका लागि पुनःदरखास्त आह्वान गरेको हो।  

Bizshala
Shivam Cement
CG Motors

माग गरिएको उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नाकोत्तर गरेको र बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनुपर्ने जनाइएको छ ।    

संयोजकको सेवाअवधि १ वर्ष ९आवश्यकता तथा कार्य प्रगतिका आधारमा ६र६ महिनाका लागि दुई पटकसम्म सेवा अवधि नवीकरण गर्न सकिने०को हुनेछ। दरखास्त दिने अन्तिम मितिसम्म उम्मेदवारको उमेर ३५ वर्ष पुरा भई ६५ वर्ष ननाघेको हुनुपर्नेछ।

परीक्षाको किसिम कार्ययोजना तथा सोको प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ। दरखास्त स्वीकृत भएका उम्मेदवारको नामावली, कार्ययोजना प्रस्तुतीकरणको समयतालिका र अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारको सूची तथा समयतालिका बैंकको वेवसाइटमा प्रकाशन गरिने छ। पारिश्रमिक तथा अन्य सुविधा रु९ १ लाख २६ हजार ३०० मासिक पारिश्रमिक ९नियमानुसारको करसहित० प्रदान गरिनेछ। दशैं खर्चबापत एक महिनाको पारिश्रमिकबराबरको रकम प्रदान गरिनेछ।  

सोबाहेक अन्य कुनै प्रकारको भत्ता प्रदान नगरिने सूचनामा उल्लेख गरिएको छ । भइपरी आउने बिदा वार्षिक १२ दिनसम्म पाइने जनाइएको छ ।    

दरखास्त फाराम छनौट समितिको सचिवालयमा पेस गर्नुपर्नेछ।  दरखास्त फाराम र सोका साथ पेस गर्नुपर्ने विवरण,व्यावसायिक कार्ययोजनाको ढाँचा तथा कार्यादेशसम्बन्धी जानकारी छनौट समितिको सचिवालयबाट उपलब्ध हुनेछ।  

इच्छुक तथा योग्यता पुगेकाले आगामी चैत १३ गतेभित्र दरखास्त फाराम पेस गर्नुपर्नेछ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.