IME remit
  • बिहीबार, कार्तिक २०,२०८२ 05:56:27
IME remit
Global IME Bank Limited

कर्जाको साँवाब्याज भुक्तानीको समय थप गर्न राष्ट्र बैंकलाई एफएनसीसीआईको आग्रह, सेयर लगानीकर्ताले पाउनेछन् सुविधा

Hyundai Nepal
कर्जाको साँवाब्याज भुक्तानीको समय थप गर्न राष्ट्र बैंकलाई एफएनसीसीआईको आग्रह, सेयर  लगानीकर्ताले पाउनेछन् सुविधा
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको साँवाब्याज भुक्तानी समयसीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरको छ ।  

महासंघका कार्यबाहक अध्यक्ष अञ्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्रबैंक गएको महासंघको टोलीले राष्ट्रबैंकका कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज मसान्त)मा कर्जाको साँवाब्याजको किस्ता बुझाउने समय नजिकिंदै गर्दा देशका विभिन्न भागहरुमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटना लगायत अविरल वर्षा तथा बाढीपहिरोले देशको पूर्वी एवम् मध्यभागमा क्षति पुगेकोले क्षतिले ऋणिहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले साँवाब्याज भुक्तानीको समयसीमा थप गर्न नेपाल राष्ट्र बैंकसँग आग्रह गरिएको महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिए ।  

उनले यो समयमा भएका यी घटनाबाहेक नेपालीहरुको महान चाड दशैंको कारण लामो समय सार्वजनिक विदा पर्न गएको र ऋणिहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले समय थपको लागि पहल गरिदिन महासंघका सदस्य संघ संस्थाहरुबाट समेत अनुरोध भइआएकोले राष्ट्र बैंकसमक्ष सो आग्रह गरिएको बताए । 

CG Motors
Muktinath Bikas Bank Limited

सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र तथा  महासंघका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी थिए ।  

एफएनसीसीआईको अनुरोधलाई स्वीकार गरेर केन्द्रीय बैंकले साँवाब्याज तिर्ने समय थप गरेमा यस्तो सुविधाबाट सेयर लगानीकर्ता पनि लाभान्वित हुनेछन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.