• बिहीबार, भाद्र २६,२०८२ 05:16:57
Global IME Bank Limited

काठमाण्डौमा आंशिक रुपमा खुले बैंक, १० देखि २ बजेसम्म मात्र फिजिकल सेवा

Hyundai Nepal
काठमाण्डौमा आंशिक रुपमा खुले बैंक, १० देखि २ बजेसम्म मात्र फिजिकल सेवा

काठमाण्डौ । बैंकहरुले आज(बिहीबार)देखि काठमाण्डौ उपत्यकामा आफ्नो आंशिक सेवा सुचारु गरेका छन् ।  

नेपाल बैंकर्स एशोसिएसन(एनबीए)को बिहीबार बिहान बसेको बैठकले नेपाली सेनासँगको समन्वयमा सुरक्षित ढंगले अत्यावश्यक बैंकिङ सेवा सुचारु गर्ने निर्णयअनुसार बैंकहरु खुल्न थालेका हुन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एनबीएका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बिजशालासँग कुरा गर्दै अहिलेका लागि वाणिज्य बैंकले काठमाण्डौमा कम्तीमा ३ वटा, ललितपुरमा २ र भक्तपुरमा २ वटाका दरले शाखा खुलाउने निर्णय भएको जानकारी दिए ।  

'ती शाखाहरु पनि सेनाको समन्वयमा सुरक्षा जोखिमको अध्ययन गरेर सीमित कर्मचारी मात्र राखेर खुलाउने निर्णय भएको छ ।' कोइरालाले भने-'आजदेखि निर्णयअनुसार बैंक र शाखाहरु खुल्न थालेका छन् । अहिलेलाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र बैंकहरु खुल्नेछन् । अवस्था सामान्य बन्दै गएपछि बैंक खुल्ने समय पनि बढाउँदै लैजान्छौं र शाखा संख्या पनि बढ्छन् ।' 

कोइरालाका अनुसार काठमाण्डौ उपत्यकाबाहिरको हकमा पनि स्थानीय प्रशासनसँगको सहकार्यमा सुरक्षा जोखिमलाई विश्लेषण गरी आवश्यकताका आधारमा शाखाहरु सञ्चालन गर्न सकिने निर्णय भएको छ ।  

बैंकहरुले आजदेखि अन्तराष्ट्रिय कारोबार, स्वीफ्ट, क्लियरिङ सेवा, आइटी लगायतका विभाग पूर्ण रुपमा खुलाएका छन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.