शनिबार, असार १४,२०८२ 12:34:54
  • शनिबार, असार १४,२०८२ 12:34:54
Global IME Bank Limited

गभर्नर अधिकारी SARFII को अध्यक्ष चयन

Hyundai Nepal
गभर्नर अधिकारी SARFII को अध्यक्ष चयन
Nabil Bank Limited

काठमाण्डौ । South Asia Region Financial Inclusion Initiative (SARFII) को नेतृत्व नेपाल राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैंकका तर्फबाट गभर्नर महाप्रसाद अधिकारी SARFII को अध्यक्ष चयन भएका छन् । 

मध्य अमेरिकी मलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा २ सेप्टेम्बर, २०२४ देखि जारी 'Alliance for Financial Inclusion (AFI) - Global Policy Forum' s को बैठक चलिरहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सो बैठकअन्तर्गत आज आयोजित '5th SARFII Leaders Roundtable' का क्रममा SARFII को अध्यक्षता नेपाल राष्ट्र बैंकमा हस्तान्तण भएको हो । सो अवसरमा गभर्नर अधिकारी भर्चुअल माध्यमबाट सहभागी भई बैठकको अध्यक्षता ग्रहण गरे । बैठकले स्टेट बैंक अफ पाकिस्तानलाई SARFII को उपाध्यक्ष चयन गरेको छ । यसअघि SARFII को नेतृत्व माल्दीभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैंकका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।  

सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेड सीमा सम्पन्न 'Global Policy Forum' को बाह्रौं बैठकका क्रममा SARFII स्थापना भएको थियो । नेपाल राष्ट्र बैंकसहित बङ्गलादेश, भुटान,माल्दीभ्स, पाकिस्तान र  श्रीलङ्काका केन्द्रीय बैंकहरू उक्त सञ्जालमा आबद्ध छन्। क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका उद्देश्यसहित SARFII स्थापना गरिएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.