गभर्नर अधिकारीले एक वर्षमा बुझे ४४.९७ लाख भत्ता
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ पाएका छन् । जसमा गभर्नरले १६ लाख ३२ हजार तलबको रुपमा र ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ताका रुपमा लिएका छन् । राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।