बुधबार, माघ २३,२०८१ 01:23:16
IME remit
  • बुधबार, माघ २३,२०८१ 01:23:16
IME remit
Global IME Bank Limited

गभर्नर अधिकारी‘ग्लोबल साउथ’को उच्चस्तरिय सम्मेलनमा सहभागी

Hyundai Nepal
गभर्नर अधिकारी‘ग्लोबल साउथ’को उच्चस्तरिय सम्मेलनमा सहभागी
Nabil Bank Limited

काठमाण्डौ । गभर्नर महा प्रसाद अधिकारी भारतमा आयोजित दक्षिण एशियाली केन्द्रीय बैंकका गभर्नरहरुको उच्चस्तरिय सम्मेलनमा सहभागी भएका छन् । गभर्नर अधिकारी मंसिर ६ देखि ७ गते सम्म भारतको मुम्बईमा आयोजित High-Level Policy Conference of Central Banks from the Global South मा सहभागी भएका हुन् । 

भारतीय रिजर्भ बैंकले आफ्नो स्थापनाको ९० औं वर्षका अवसरमा आयोजना गरेको उक्त सम्मेलनमा ग्लोबल साउथका केन्द्रीय बैंकका गभर्नर एवम् उच्च पदस्थ पदाधिकारी, अन्तर्राष्ट्रिय मुद्रा कोष,विश्व बैंक समूह, बैंक फर इन्टरनेशनल सेटलमेन्ट, स्वीफ्ट, भिसा जस्ता भुक्तानी प्रणालीसँग सम्बन्धित क्षेत्रका प्रतिनिधि लगायतका १८ देशका उच्चपदस्थ व्यक्तित्व एवम् विज्ञको सहभागिता रहेको थियो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

भारतीय रिजर्भ  बैंकका गभर्नर शक्तिकान्त दास प्रमुख वक्ता रहेका सो सम्मेलनमा आर्थिक वृद्धि र मुद्रास्फीतिको सन्तुलन, मौद्रिक नीतिको संचार, फिनटेक र डिजिटल बैंकिङ, विदेशी विनिमय संचिति व्यवस्थापन, नियमन र सुपरिवेक्षण जस्ता क्षेत्रमा ग्लोबल साउथका केन्द्रीय बैंकहरूले भोगेका चुनौती, अनुभव र अबको बाटोका बारेमा फरक फरक सत्रहरूमा छलफल भएको थियो ।

सम्मेलनको पहिलो दिनको पहिलो सत्रमा गभर्नर अधिकारीले Balancing Growth and Inflation in the Global South विषयक Panel Discussion df Global South का केन्द्रीय बैंकहरूको प्रतिनिधित्व गर्दै Panelist को रुपमा आर्थिक वृद्धि र मुद्रास्फीति सन्तुलनका सैद्धान्तिक पक्ष र Global South अर्थतन्त्रका अप्ठरो, नेपालजस्तो भुपरिवेष्ठित एवम् स्थिर विनिमयदर भएको मुलुकले लिनसक्ने नीतिगत बाटो लगायतमा आफ्नो मन्तव्य राखे । 

Muktinath Bikas Bank Limited

साथै, सोही दिनको चौथो सत्रमा कोभिड–१९ र तत्पश्चात विकसित भुराजनैतिक तनावले मुल्य स्थिरता,वाह्य क्षेत्र र वित्तीय स्थायित्वमा नेपाल राष्ट्र बैंकले चालेका कदमको अनुभव प्रस्तुत गरे ।

साथै, यस्ता उच्चस्तरीय क्षेत्रीय छलफल मञ्चको आवश्यकता बढेको र Global South केन्द्रीय बैंकहरू बीच समन्वय गर्न भारतीय रिजर्भ बैंकले खेलेको भूमिका महत्वपूर्ण रहेको धारणासमेत राखे । उक्त सम्मेलनमा बैंकको आर्थिक अनुसन्धान विभागका उप निर्देशक डा. गुणराज भट्टको पनि सहभागिता रहेको थियो । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.