आईतवार, श्रावण ३,२०८३ 03:46:14
Bizshala
  • आईतवार, श्रावण ३,२०८३ 03:46:14
Bizshala
Global IME Bank Limited

गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी नियुक्त, कांग्रेसका नेता भन्छन्-'अर्को षड्यन्त्र'

गभर्नर सिफारिस समितिको सदस्यमा महाप्रसाद अधिकारी नियुक्त, कांग्रेसका नेता भन्छन्-'अर्को षड्यन्त्र'
New Office

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाअनुसार नै गभर्नर नियुक्त गर्न गठन गरिएको सिफारिस समितिको रिक्त सदस्य पदमा विवादित निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।  

मन्त्रिपरिषदको आज बसेको बैठकले पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा गरेपछि रिक्त रहेको सिफारिस समितिको एक सदस्यमा पूर्व गभर्नरहरुको तर्फबाट महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको भागमा गभर्नर पर्ने पक्का भएपछि रिक्त रहेको सिफारिस समितिको सदस्य पदमा एमालेका क्याडर समेत रहेका महाप्रसाद अधिकारीलाई नियुक्त गरिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 'कांग्रेसलाई गभर्नर दिने विषयमा प्रधानमन्त्रीको मन सफा थियो भने सिफारिस समितिको रिक्त सदस्य पदमा पूर्व गभर्नरमध्ये कांग्रेसनिकटलाई नै ल्याउनुपर्ने थियो ।' स्रोत भन्छ-'केही गडबडीको आशंका गर्न सकिन्छ ।'  

महाप्रसाद अधिकारी चैत २५ गतेबाट गभर्नर पदबाट अवकाश पाएका व्यक्ति हुन् । उनी नेपाल राष्ट्रबैंकको इतिहासमै सबैभन्दा बढी विवादमा परेका गभर्नर समेत हुन् ।  

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा सरकारले गभर्नर सिफारिस समिति बनाउँदा सदस्यको रुपमा पूर्व गभर्नरको तर्फबाट विजयनाथ भट्टराई र विज्ञको तर्फबाट डा. विश्व पौडेललाई सदस्य बनाइएको थियो ।  

प्रमुख सत्तारुढ दल नेकपा एमाले र कांगे्रसले गभर्नरमा नियुक्त हुने नाममा आफूखुशी सहमति गरी सिफारिस समितिमा राखेर आफूहरुलाई रबर स्ट्याम्प बनाउन खोजिएको भन्दै बैशाख १० गते समितिका सदस्य भट्टराईले राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको सदस्य पदमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरिएको हो । 

सिफारिस समितिले पुनः पूर्णता पाएपछि गभर्नर नियुक्ति प्रक्रिया अब अगाडि बढ्ने मन्त्रिपरिषद बैठकमा सहभागी एक मन्त्रीले दाबी गरेका छन् ।  

कांग्रेसनिकट स्रोतहरुले भने गभर्नर कांग्रेसको भागमा पर्ने निश्चित भनिएको बेला सिफारिस समितिमा एमाले कार्यकर्ता रहेका अधिकारीलाई नियुक्त गरिनुले षड्यन्त्रको गन्ध आएको दाबी गरेका छन् । 'केही साथीहरुले आशंका गरेजस्तै घुमाईफिराई गभर्नर एमालेले आफ्नै भागमा पार्नका लागि सिफारिस समितिमा महाप्रसादलाई ल्याएको हुनसक्छ ।' कांग्रेसका एक नेताले बिजशालासँग भने-'केपी ओलीको यो अर्को षड्यन्त्र हुनसक्छ । यसमा हाम्रो नेतृत्व सचेत भएन भने पार्टीले सिफारिस गरेका व्यक्ति गभर्नर नहुन सक्छन् ।'  

तर, कतिपयले भने महाप्रसाद अधिकारीको विवादित कार्यकालका क्रममा भएका विवादित र अलोकप्रिय निर्णय तथा नीतिगत परिवर्तनहरुमा मुख्य भूमिका निर्वाह गरेका डा. गुणाकर भट्ट गभर्नर बन्ने रेसमा रहेका कारण महाप्रसादको नियुक्तिले उनलाई सहज हुनसक्ने समेत ठान्छन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.