काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ पाएका छन् । जसमा गभर्नरले १६ लाख ३२ हजार तलबको रुपमा र ३ लाख ३३ हजार रुपैयाँ सञ्चालक समितिको बैठक भत्ताका रुपमा लिएका छन् ।
राष्ट्र बैंकको गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो ।
प्रतिवेदनअनुसार डेपुटी गभर्नर बमबहादुर मिश्रले अन्य सुविधा र भत्ता शीर्षकमा ४० लाख ७० हजार रुपैयाँ लिएका छन् । मिश्रले तलबको रुपमा १४ लाख ६० हजार ४०० र सञ्चालक समितिको बैठक भत्ताको रुपमा ३ लाख १५ हजार पाएका छन् ।
यस्तै यो अवधिमा डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले १४ लाख ६० हजार रुपैयाँ तलब पाएकी छन् । उनले सञ्चालक समितिको बैठक भत्ताबापत २ लाख ९७ हजार र ४५ लाख ५८ हजार रुपैयाँ भने अन्य भत्ताको रुपमा लिएकी छन् ।